सोमबार , भाद्र ८, २०८३

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

image

काठमाडाैं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

जिल्लाको सुर्केबाट काठमाडौँका लागि मङ्गलवार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रवक्ता सिटौलाका अनुसार ९-एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ ।

सम्बन्धित समाचार