शुक्रबार , जेठ ८, २०८३

४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन हुँदै, सरोकारवालासँग सुझाव माग

image

काठमाडौँ । सरकारले सङ्घीय पर्यटन ऐन परिमार्जन गर्ने भएको छ । नेपालमा अहिले पर्यटन एन २०३५ कार्यान्वयनमा रहेको छ । पर्यटन क्षेत्रमा विकसित नवीन विषयलाई कानुनमा समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण आधार बनाउने उद्देश्यसहित नयाँ ऐनको विधेयक निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

२६ असारमा मन्त्रिपरिषद्ले ऐन परिमार्जन गरी सङ्घीय पर्यटन विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो । सोही अनुसार मन्त्रालयले विधेयक निर्माणको काम सुरु गरेको जानकारी दिएको छ ।

“४५ वर्ष पुरानो संङघीय पर्यटन ऐन समय सापेक्षिक परिमार्जनको थालनी भएको छ । सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरूको सुझावलाई समेट्ने उद्देश्यले ३० दिनको समय व्यवस्था गरिएको छ ।” पर्यटनमन्त्री सुदन किराँतीले भने ।

यस विधेयकका लागि व्यवसायी, पेशागत सङ्घ संस्था, विज्ञ, अनुसन्धानकर्ताबाट सरकारले सुझाव मागेको छ । ३० दिन भित्र मन्त्रालयमा नयाँ ऐनका लागि सुझाव पठाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

सुझाव मागः

सम्बन्धित समाचार