धादिङको गल्छी गाउँपालिका वडा नं २ स्थित बेलिनटारमा पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । विल्केश्वर युवा क्लब, बेलिनटारको आयोजना र धादिङ कबड्डी संघको सहकार्यमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।
चैत २९ गते उद्घाटन हुने प्रतियोगिता २०८१ बैशाख १ गते सम्म रहने छ । कबड्डी प्रतियोगिताको विजेताले नगद ३० हजार उपविजेताले नगद १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै बेस्ट रेडर, बेस्ट डिफेण्डरलाई समेत सम्मान गरिने छ ।
टिम दर्ता शूल्क ३ हजार रुपैयाँ तोकिएको छ भने जिल्ला बाहिरको र विभागीय खेलाडीहरुलाई प्रतियोगितामा सहभागि नगराइने जनाइएको छ । ७० के.जी. भन्दा माथि तौल भएकाहरुलाई टिममा समावेश गराइने छैन भने कबड्डी प्रतियोगितामा सहभागी हुने समुहले चैत्र २६ गते भित्र आयोजकलाई सम्पर्क गर्नुपर्ने छ । खेलमा समावेश हुने सम्पूर्ण प्रतियोगीहरुको ५० हजारसम्मको बिमा गरिएको आयोजक कमिटीले बताएको छ ।