काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौँ विश्वका प्रदूषित सहरको पहिलो स्थानमा परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्युआइ)को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदूषित सहरको पहिलो स्थानमा परेको हो ।
एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यु १९६ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।
यसैगरी, थाइल्यान्डको चियाङ मेइ दोस्रो, बङ्गलादेशको ढाका तेस्रो, भारतको दिल्ली चौथो, भारतकै कलकत्ता पाँचौँ र छैटौँ नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ ।
इन्डेक्स:
