शुक्रबार , जेठ ८, २०८३

तुलसिपुरमा ज‍ीप र एम्बुलेन्स ठोक्किँदा सांसदसहित १० घाइते

image

काठमाडौं-  तुलसिपुर उपमहानगरपालिकाको राना गाउँमा एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा संघीय सांसद टेकबहादुर बस्नेतसहित १० जना घाइते भएका छन् ।

सल्यानबाट दाङतर्फ जाँदै गरेको  बा ८ च ६९२५ नम्बरको गाडी र दाङबाट सल्यान आउँदै गरेको ना अकथा ९४१ नम्बरको एम्बुलेन्स एकअर्कासँग ठोक्किएको हो।

सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएका छन छ ।  घाइते सांसदसहित सबैको प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ । उनीहरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार