शुक्रबार , अषोज १४, २०७९

अजिजको लजिज बिरयानी: पहिलो ग्राहक अनुराधा कोइराला

अनुराधा कोइरालाले अजिजको बिरयानी ५ प्लेट प्याकिङ गरेर लगेकी थिइन् । उनले बिरयानीसँगै अजिजको नम्बर समेत लिएर गइन् । यसैक्रममा उनले एकदिन फोन गरेर २५ जनाका लागि बिरयानी अर्डर गरिन् ।

image

अजिजको लजिज बिरयानी काठमाडौंको धेरै स्वादे जिब्रोहरूमा परिसकेको रहेछ । तरमैले अहिलेसम्म चाख्न पाएको थिइनँ । अलिकति दुःख पनि लाग्योबिरयानीको स्वादको लागि मैले नेपालको नेपालगन्जदेखि भारतको दिल्लीसम्मको ठाउँ चहारिसकेको छु । अहँ अहिलेसम्म मन भरिनेमनहर्ने बिरयानी भने मुखमा पर्न सकेको थिएन । एकदिन हिँड्दै गर्दा सोह्रखुट्टेको नयाँ बजार (सोह्रखुट्टेको मेन रोड छेउबाटै भित्र छिर्ने गल्ली) मा रहेको आस्माज बिरयानीको बोर्डमा मेरा आँखा परे । सँगै बबलिसियस क्याफेको अर्को सानो बोर्ड पनि रहेको थियो । रोचक कुरा के छ भने उक्त क्याफे अब्दुल अजिजका छोरा साकिबले सञ्चालनमा ल्याएका हुन् ।

साकिबको बबलिसियस:

अहिले साकिबको क्याफे भएको ठाउँमा अजिजको बिरयानी रेस्टुरेन्ट रहेको थियो । परिवर्तन चाहने अजिजका छोरा साकिब बेला-बेला रेस्टुरेन्टको डिजाइन परिवर्तन गरिरहन्थे । बाबालाई बिरयानी तथा रेस्टुरेन्टको काममा सघाउनु उनको दिनचर्या जस्तै बनेको थियो । तरआफूले जीवनमा के गर्ने होला भन्ने चिन्ताले उनलाई एउटा छटपटी दिइरहेको थियो ।

उनले धेरै पटक बाबालाई आफ्नो रेस्टुरेन्टको अघिल्लो भाग आफूलाई दिन आग्रह गरेपछि आफ्नो सन्तानका लागि अजिजले आफूले वर्षौँ लगाएर स्थापित गरेको ठाउँ साकिबलाई दिने भए । यसमा साकिबका साथीहरूले आर्थिक रूपमा सहयोग गरे र चढे- उनी आफ्नो सपनाको पहिलो खुड्किला । अहिले छोराको क्याफेको ठिक पछाडि बाबाको बिरयानी रेस्टुरेन्ट रहेको छ । साकिबको क्याफेमा अहिले ट्रेण्ड (चलनचल्ती)मा रहेको बबल टीकफीविभिन्न मकटेल लगायत स्याण्डविच आदि हल्का खाजाहरू पाइन्छ ।

आकर्षक तरिकाले डिजाइन गरिएको क्याफे म पुग्दा आफ्नो सञ्चालनको तेस्रो हप्तामा प्रवेश गरिसकेको थियो । सरसफाइमा उति नै ध्यान दिइएको क्याफेमा साकिब आफैँ बस्ने गर्छन् । साकिब र उनका साथी गरी दुईजना पार्टनर मिलेर खोलेको क्याफे प्रवेश गरेपछि क्याफेको वातावरण र साकिबको लोभ्याउने व्यवहारले तपाईँलाई पक्कै पनि दोस्रो-तेस्रो भ्रमणको लागि आमन्त्रित गर्नेछ ।

अजिजको लजिज बिरयानी यात्रा

अजिज पुस्तौँदेखि काठमाडौंका बासिन्दा रहेका छन् । राणाकालदेखि नै आफ्नो परिवार क्षेत्रपार्टीवासी रहेको उनी बताउँछन् । आफ्नो पुर्खाले पहिला नेपालमा ढाका कपडामा प्रिन्ट निकाल्ने काम गरेको उनी सम्झिन्छन् । त्यसपछि अजिजका बुवाले रेडीमेड कपडाको व्यापार गरे तापनि अजिजले भने आफ्नो जीवन खानाको व्यवसायमा समर्पित गरे ।

आस्मासाकिबकी दिदि र अजिजकी जेठी छोरीको नाम हो । आफ्नो जेठी छोरीप्रति अगाध प्रेम भएकै कारण अजिजले आफ्नो व्यवसाय उनकै नामबाट सुरु गरेका हुन् ।

अजिजले करिब १३-१४ वर्षअघि ठमेलको मुस्लिम टोलबाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । केही मुढा राखेर चियासँगै परौठाहलिम र कबाब राखेर थालेको व्यवसायमा उनले यहाँका बासिन्दाले त्यति नरुचाएपछि हलिम भने हटाएँ र बिरयानी जोड्ने विचार गरे ।

उनी आफूलाई बिरयानीको ज्ञान ‘आफ्नी आमाले दिएको आशीर्वाद हो’ भन्छन् । आमाको हातको बिरयानी आफ्नो हातमा हस्तान्तरण भएपनि उनलाई यसबारे अझ ज्ञान लिने मन थियो । त्यसैले उनले बिरयानीको लागि लोकप्रिय हैदरावादलखनउकानपुर दिल्ली लगायतका ठाउँहरू भ्रमण गरे र त्यहाँको बिरयानी चाखे ।

उनले सबै ठाउँमा पाइने बिरयानीलाई बिचार गरेर एउटा गोप्य मसला तयार गरे र काठमाडौंलाई बिरयानी चखाउन थाले । ठमेलमा निकै लामो समय बिरयानीको व्यवसाय गरेका उनले ७२ सालको भूकम्पपछि आफ्नो व्यवसाय सोह्रखुट्टे (हाल रहेको ठाउँ)मा सारेका हुन् ।

उनको पहिलो ग्राहक भनेको माइती नेपाल रहेको छ । आज भन्दा १३/१४ वर्षअघि वर्ल्ड ट्रेड सेन्टरमा राखिएको पाकिस्तानी एग्जिबिसनमा अनुराधा कोइरालाले अजिजको बिरयानी ५ प्लेट प्याकिङ गरेर लगेकी थिइन् । उनले बिरयानीसँगै अजिजको नम्बर समेत लिएर गइन् । यसैक्रममा उनले एकदिन फोन गरेर २५ जनाका लागि बिरयानी अर्डर गरिन् । अजिजले माग बमोजिम बिरयानी तयार गरे र पस्किए ।  उनको बिरयानी खाएका सबैजना प्रफुल्लित भए र एककान दुई कान हुँदै उनको बिरयानीको चर्चा मैदानसम्म पुग्न थाल्यो ।  यसरी अर्डर अनुसारको बिरयानी तयार गर्दागर्दै उनलाई साथ दिने ग्राहकको ठुलो सुची तयार भयो । अन्यत्र व्यवसाय खोलेर ग्राहक बनाउँछन्उनले ग्राहक बनाइसकेपछि व्यवसाय सुरु गरेका हुन् ।

त्यसपछि हात्तीवन रिसोर्टमा आयोजना भएको करिब ४०० जनाको व्यक्तिगत पार्टीमा उनले आफ्नो बिरयानी पस्किएपछि निकै प्रशंसा पाए । जसले उनलाई थप ऊर्जा प्रदान गर्‍यो,  मान्छेहरूले उनको बिरयानी खोजी गर्न थाले र अजिज बिरयानीको व्यवसायतिर आकर्षित हुँदै गए । अहिलेसम्म कुनै पनि ग्राहकले आफ्नो खानाप्रति असन्तुष्टि व्यक्त नगरेकाले उनी गर्व महसुस गर्छन् ।

अजिजका ग्राहक

आफ्नो खाना खान मुस्लिम समुदायभन्दा अन्य समुदायका ग्राहक बढी आउने गरेको अजिज सुनाउँछन् । माइतीघर मात्र होइन मल्ल होटेलका सञ्चालकयुनिसेफयुएन आदि ठाउँबाट विशेष अर्डर भई उनको बिरयानी जाने गरेको छ । कोरोना कालमा राम्रो व्यापार नभए तापनि सो समयमा आफ्नो बिरयानी चाखेका व्यक्तिहरूबाट आएको अर्डरबाट सम्हालिएको उनले बताए ।

धेरै ठाउँको बिरयानी चाखिसकेपछि मेरो जस्तो बिरयानी मान्छेहरूले काठमाडौंमा अन्त कतै नपाएको भन्दै आउने गरेका छन्’ भन्दै उनले निकै मिठो गरी सुनाए । अहिले बिरयानीको व्यापारमा ठुलो प्रतिस्पर्धा भइसकेको छ यद्यपि अधिकांश ठाउँका पार्टी तथा ब्यानक्वेटबाट आफूलाई बिरयानीको अर्डर आउने गरेको उनी बताउँछन् । राजपरिवारका विभिन्न व्यक्तिलाई बिरयानी पस्किसकेका अजिज भन्छन् “पारस त प्राय मेरो बिरयानी खाइरहन्छन् ।”  

७ घण्टा लामो प्रक्रिया पार गर्दै तयार हुन्छ अजिजको बिरयानी

अजिजको बिरयानी नियमपूर्वक पाक्न ७ घण्टा लाग्छ । उनी कम्तीमा ३ घण्टा चामल भिजाउँछन्त्यसपछि विभिन्न ४ घण्टे प्रक्रिया पार गर्दै बिरयानी तयार हुन्छ । तयारी नभएको या बिरयानी सकिएको अवस्थामा कुनै ग्राहकले बिरयानी अर्डर गरे तुरुन्तै दिन नसकिने अजिज बताउँछन् । यसले आफूले कमाएको नाममा असर गर्ने हुनाले उनी हतारमा बिरयानीको काम गर्दैनन् । ग्राहकलाई जस्तो पायो त्यस्तै खाना ख्वाए आफूले वर्षौँ लगाएर बनाएको नाममै आँच आउने हुनाले उनी नियमपूर्वक बिरयानी बनाउँछन् । आफूलाई चित्त नबुझेसम्म उनी ग्राहकसमक्ष बिरयानी पस्किँदैनन् ।

अजिजको लजिज बिरयानी खाने इच्छा हुने जोकोहीले उनलाई केही समय अघि या एकदिन अघि खबर गर्नु पर्ने हुन्छअन्यथा बिरयानीको भोक नमेटिन सक्छ । अर्डर नभएको समयमा सर्वसाधारणका लागि उनी केही प्लेट चिकेन बिरयानी मात्र तयार गरेर बस्छन् ।

ग्राहकले जस्तो ठाउँको बिरयानी खोज्छन् त्यस्तै उपलब्ध गराउन सक्ने अजिज सन्तोषजनक अर्डर आए ठाउँ अनुसारको स्वाद दिनसक्ने बताउँछन् । यहाँ अधिकांशले बिरयानीको नाममा पुलाउ बिक्री गर्ने गरेकोमा अजिजलाई दुःख लाग्छ ।

गोप्य मसला

अन्य ठाउँको बिरयानी भन्दा चिल्लो र मसला निकै कम राखिएको अजिजको साधारण बिरयानी भने उनकै गोप्य पाककलाद्वारा तयार भएको हुन्छ । धेरै व्यक्ति तथा रेस्टुरेन्टहरूले आफ्नो गोप्य मसाला मागे पनि उनले दिएका छैनन् । उनले आफ्नो गोप्य मसाला आफ्नै भाइ र परिवारलाई समेत दिएका छैनन् । तर पोखरा शाखा सञ्चालनका लागि उनकी छोरी आस्माले भने यो सौभाग्य पाउनेछिन् ।  उनी बजारको मसला प्रयोग गर्दैनन्आफैँले तयार गरेको गोप्य मसला प्रयोग गर्ने गर्छन् ।

पारिवारिक सहयोग र आपसी प्रेम झल्किने बिरयानी

अजिजका छोरा साकिबले म त्यहाँ बसुन्जेल आफ्नो बाबाको कुरा धेरै गरे । उनी  काठमाडौंमा टिपिकल स्वाद सहितको बिरयानी भित्र्याउने आफ्नो बाबा रहेको बताउँछन् । आफ्नो बाबालाई निकै सम्मान गर्ने साकिबले काठमाडौंमा लछ्छा (डिजर्ट/खानापछि मुस्लिम समुदायमा खाइने प्रख्यात गुलियो) भित्र्याउने आफ्नै बाबा रहेको समेत बताए ।

अजिज पनि छोराको मिहिनेतमा विश्वास गर्छन् । उनले आफ्नो व्यवसायबाट आर्जन भएको कमाइ सबै छोराछोरीको लालन पालनमै खर्च गरेका छन् । अजिजको बिरयानीलाई प्रविधिसँग जोड्न छोरा साकिबले प्रयास गरिरहेका छन् । जसले व्यापारमा थप सहयोग पुर्‍याउनेमा उनी विश्वस्त छन् ।

अजिजले छोरीलाई त आफ्नो पाककला नै उपहार दिने भएका छन् । अजिजले आफ्नी श्रीमतीबाट त्यति नै प्रेम र सहयोग पाएका हुनाले अहिले यो स्थानमा पुगेको बाबा छोरा बडो गर्वका साथ सुनाउँछन् ।

एक आपसमा मिठो प्रेम भएकै कारण अजिजको बिरयानीमा सायद बेग्लै स्वाद भेटिएको होला । परिवारका सदस्य मिलेर बनाइएकै हुनाले अजिजका परिकारमा स्वाद भरिएको होला ।

पोखरामा शाखाको तयारी

आफ्नो बिरयानीको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चाडै आस्माज बिरयानीको शाखा पोखरामा समेत खुल्ने भएको छ । त्यहाँको मान्छेले तपाईँको हातको बिरयानी कसरी खाने ततपाई यहाँ हुनुहुन्छ भन्ने प्रश्नमा उनले आफ्नो छोरीलाई आफ्नो पाककला सिकाएर पठाउने बताए ।

अजिजको रेस्टुरेन्टमा बिरयानी बाहेक टुन्डे कबाबसामी कबाब लगायतका अन्य परिकार खाएका ग्राहकहरू समेत निकै सन्तुष्ट हुने गरेका छन् । उनलाई र उनको परिवारलाई आगामी व्यावसायिक यात्राको शुभकामना !

सम्बन्धित समाचार