शनिबार , भाद्र २७, २०८३

भारतको पहिलो बोल्ने फिल्म ‘आलम आरा’को हराएको रिल खोज्दै जाँदा

आलम आरामा ‘लड्ने रानीहरू, दरबारका षड्यन्त्र, ईर्ष्या र प्रेमको शानदार कथा’ खिचिएको थियो भन्ने गरिन्छ ।

image

मे को सुरुवातमा मुम्बईमा चलचित्र संरक्षकहरूको एक समूहले एउटा कुरा खोजेर निकाले, जसलाई भारतको पहिलो वार्ता भएको चलचित्रसँग सम्बन्धित एक मात्र जीवित कडी मानिएको छ ।

शिवेन्द्र सिंह डूंगरपुर एक फिल्म निर्माता र संरक्षक हुन् । उनको समूहले एउटा यस्तो मेसिनको बारेमा चाल पायो, जसको प्रयोग भारतको पहिलो वार्ता भएको चलचित्र ‘आलम आरा’ (१९३१) को प्रिन्ट बनाउन गरिएको थियो ।

सिकागोमा बनेको बेल एण्ड हावेलको चलचित्र प्रिन्टिङ मेसिन, एक बहालवाला साडीको पसलमा रहेको थियो । यो मेसिनमाथि चलचित्र प्रोड्यूसर तथा निर्देशक आर्देशिर ईरानीको अधिकार रहेको थियो । जसलाई पछि नलिन संपत नाम गरेका एक व्यक्तिले खरिद गरेका थिए । मुम्बईमा नलिन संपतको एक फिल्म स्टुडियो र प्रोसेसिंग ल्याबोरेटरी पनि रहने गरेको थियो ।

डूंगरपुर भन्छन्, “आलम आरासँग सम्बन्धित यो एक मात्र त्यस्तो वस्तु हो, जसको अस्तित्व छ, यसका अलावा चलचित्रसँग सम्बन्धित कुनै पनि चिज अस्तित्वमा छैन ।”

संपत परिवारले १९६२मा यो मेसिन खरिद गर्नका लागि २५सय रुपैयाँ दिएका थिए । उनको ल्याबमा सन् २०००सम्म चलचित्रको प्रिन्टिङ हुने गर्थ्यो । जसमा मुख्य रूपमा सरकारको स्वामित्व रहेको फिल्म डिभिजनका चलचित्रहरू रहने गर्थे ।

संपत भन्छन् “यो एक प्रिन्टिङ मेसिन नै थियो, तर यसको भावनात्मक महत्त्व निकै रहेको छ । चलचित्र डिजिटल भएपछि हामीले यो मेसिनको प्रयोग गर्न छोड्दियौँ । “

डूंगरपुर मुम्बईमा चलचित्रको अभिलेख राख्ने काम गर्ने गैर लाभकारी संस्था ‘फिल्म हेरिटेज फाउन्डेसन’ चलाउँछन् । उनी एक दशकदेखि चलचित्र आलम आराको प्रतिलिपि खोजिरहेका थिए । यसको लागि उनले सामाजिक सञ्जालको सहयोग समेत लिए । एक सूत्र पछ्याउँदै उनी अल्जीरियाको एक चलचित्र अभिलेखकर्तासम्म पुगे । उक्त अभिलेखकर्ताले आफूसँग धेरै पुराना भारतीय चलचित्र रहेको दाबी गरेका थिए । अभिलेखकर्ताले डूंगरपुरलाई आएर जाँच गर्न भनेका छन् तर अहिलेसम्म उनी त्यहाँ पुग्न भने सकेका छैनन् ।

मुम्बईमा स्टुडियो चलाउने नलिन संपतका हजुरबुवाले उक्त मेसिन खरिद गरेका थिए, जसमा आलम आरा प्रिन्ट भएको थियो ।

मुंबई में स्टूडियो चलाने वाले नलिन संपत के दादा ने इस मशीन को ख़रीदा था, जिस पर आलम आरा प्रिंट हुई थी.

नलिन संपत

एउटा अर्को चाखलाग्दो सुराग इरानको चलचित्र अभिलेखालयबाट पनि आएको छ । इरानी जब मुम्बईमा आलम आराको छायाङ्कन गरिरहेका थिए, सो समयमा उनको स्टुडियो फारसी भाषाको पहिलो वार्ता भएको चलचित्र ‘लोर गर्ल’ बनाइँदै थियो ।

डूंगरपुर भन्छन् “इरानीले एकै किसिमका पहिरन र त्यही ब्याकग्राउन्ड कलाकार ‘आलम आरा’ र ‘लोर गर्ल’मा प्रयोग गरेका थिए । “आलम आरा कतै हरायो तर ‘लोर गर्ल’ इरानको अभिलेखालयमा उपलब्ध छ ।

भारतका लोकप्रिय चलचित्र विद्वान तथा संरक्षक पीके नायरले एक पटक भनेका थिए उनी मान्दैनन् कि ‘आलम आरा’ सधैँका लागि हराइसकेको छ । २०१६ मा निधन हुनु अघि नायरले पनि यो चलचित्रको खोजी गरेका थिए र सोही सिलसिलामा आर्दे​शिर ईरानीको परिवारका जीवित सदस्यसँग भेटघाट पनि गरेका थिए   ।

ईरानीको परिवारको एक सदस्यले भनेका थिए “उक्त चलचित्रका दुई रिल अझै पनि कहीँ न कहीँ रहेका होलान्’ अर्का सदस्यले अगाडी भने ‘चाँदी निकालेपछि उनले तीन रिल डिस्पोज गरिदिएका थिए ।‘

‘आलम आरा’लाई नाइट्रेट फिल्ममा बनाइएको थियो, जसमा अन्य रिलहरूको तुलना भन्दा धेरै चाँदी पाइन्छ । डूंगरपुर भन्छन् ‘आर्थिक अभावका कारण परिवारले पैसाका लागि चलचित्रबाट चाँदी निकालेर त्यसलाई नष्ट गरेको हुनसक्छ ।‘ उनी भन्छन् कि अन्य केही चलचित्रमा पनि यस्तो गरिएको थियो ।

चलचित्र संरक्षणको मामिलामा भारतको स्थिति निकै खराब रहेको छ । १९१२ देखि १९३१ को समयमा बनेका ११३८ मौन चलचित्रमध्ये धेरै अहिले अस्तित्वमा छैनन् ।

पुणेको सरकारी भारतीय चलचित्र र टिभी संस्था त्यसमध्ये २९ चलचित्रलाई संरक्षित गर्न सफल भएका छन् । ती चलचित्रका प्रिन्ट र नेगेटिभ पसल, घर, भुईँ तला, गोदाम र थाईल्याण्डको एक सिनेमा घरमा पाइएको थियो ।

चलचित्र निर्माता मृणाल सेन १९८०मा जब कतै छायाङ्कन गरिरहेका थिए, त्यति बेला उनले एक पुरानो घरमा कुनै पुरानो बङ्गाली चलचित्रको प्रिन्ट भेटेका थिए ।

आलम आरा के आख़िरी सीन में मौजूद उस फ़िल्म के सभी कलाकार.

FILM HERITAGE FOUNDATION

यद्यपि आलम आरा अहिले हराएको चलचित्रमध्ये सबैभन्दा महत्त्वपूर्ण चलचित्र हुनसक्छ । यो चलचित्र १९२९को हलिउड ड्रामा ‘सो बोट’बाट प्रेरित थियो । सो समयमा अन्य चलचित्र झैँ थिएटरको राम्रो बजार थियो । आलम आरामा काल्पनिक साम्राज्यका ‘लड्ने रानीहरू, दरबारका षड्यन्त्र, ईर्ष्या र प्रेम’को शानदार कथा रहेको थियो । ब्रिटिस फिल्म इन्स्टीट्यूटका अनुसार उक्त चलचित्र ‘एक राजकुमार र एक बन्जारा युवतीको प्रेम सम्बन्धले बुनिएको एक प्रेमिल ड्रामा’ थियो ।

१२४ मिनेट लामो यो चलचित्रको इन्डोर शुटिंग गरिएको थियो, ताकी आवाजमा कुनै हल्ला नमिसियोस । मुम्बईको जुन स्टुडियोमा उक्त चलचित्रको छायाङ्कन गरिएको थियो, त्यसको नजिकै रेलको ट्र्याक रहेको थियो । त्यसैले चलचित्रको छायाङ्कन रातको समयमा मात्र गरिन्थ्यो किनकि बेलायती रातमा ट्रेन चल्दैन थिए ।

आवाज रेकर्ड गर्न कुनै बूम माइक थिएन, त्यसैले माइक्रोफोनलाई क्यामेराबाट लुकाएर कलाकारको छेउछाउ राख्ने गरिन्थ्यो । त्यसैगरि सङ्गीत रेकर्ड गर्न सङ्गीतकार रुखमा चढेर या लुकेर आफ्नो वाद्यवादन बजाउने गर्थे । यो चलचित्रमा बुढो भिकारीको भूमिका निभाउने वजीर मोहम्मद खानले भारतीय फिल्मको पहिलो गीत गाएका थिए ।

आलम आरा पर मौजूद इकलौती बुकलेट के साथ शाहिद हुसैन मंसूरी.

शाहिद हुसैन मंसूरी

यो चलचित्रका प्रोड्यूसर तथा निर्देशक आर्देशिर ईरानीले एक अन्तर्वार्तामा भनेका थिए कि साउन्ड रेकर्डिङका मुख्य कुरा उनले एक विदेशी एक्सपर्ट डेमिंगसँग सिकेका थिए । डेमिंग यही चलचित्रका लागि मेसिन स्थापना गर्न बम्बई आएका थिए ।

डेमिंग बेलायती चलचित्र रेकर्ड गर्नका लागि निर्मातासँग प्रत्येक दिन १०० रुपैयाँ लिने गर्थे । ईरानीले भनेका थिए ‘बेलायती यो रकम धेरै हुने गर्थ्यो, जसलाई हामीले सम्हाल्न सम्भव थिएन । त्यसै यो रेकर्ड गर्ने जिम्मा मैले स्वयम् उठाएको थिएँ ।‘

यो चलचित्र १४ मार्च, १९३१मा रिलिज भएको थियो र हप्तौँसम्म प्रदर्शन भएको थियो । चलचित्र हेर्न सिनेमा घर पुगेका दर्शकको भीडलाई सम्हाल्न प्रहरीको सहारा लिनुपरेको थियो । चलचित्रकी मुख्य अभिनेत्री ज़ुबैदा थिइन्, जसलाई दर्शकहरूले निकै रुचाएका थिए ।

भारतकी चर्चित नृत्याङ्गना सितारा देवीले आलम आरा हेरेकी थिइन् । उनी भन्छिन् उक्त चलचित्र निकै सनसनी थियो, किनकि दर्शकहरू सबटाइटल पढ्दै मौन चलचित्र हेर्दा-हेर्दा वाक्क भएका थिए । सिनेमा घरमा दर्शकहरू आवाज कहाँबाट आइरहेको छ भनेर अचम्मित पर्ने गरेको कुरा सितारा देवीले डूंगरपुरलाई बताइन् ।

अहिले आलम आराको अवशेषको रूपमा केही तस्बिरहरू मात्र बाँकी छन् । त्यसको पोस्टर र एक बुलेट बाँकी रहेका छन् । उक्त बुलेट चलचित्रका सामग्री बेच्ने पसले शाहिद हुसेन मंसूरीसँग छ । उनी भन्छन् “ पछिल्लो करिब ६० वर्षदेखि उक्त बुलेट उनीसँग छ । मैले सुने अनुसार यो बचेको एक मात्र बुलेट हो । वास्तवमा अहिले कसैलाई पनि यी सामानको मूल्य थाह छैन ।” (बीबीसीबाट)

सम्बन्धित समाचार