शुक्रबार , मंग्सिर २३, २०७९

सगरमाथाको यात्रामा आएका वृद्धहरुको कथा बोकेको फिल्म ‘उचाई’ को ट्रेलर सार्वजनिक

image

काठमाडौं । बलिउड फिल्म ‘उचाई’ को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा समेत छायाङ्कन गरिएको यस फिल्मको ट्रेलरमा साथीको सपना पूरा गर्न सगरमाथाको यात्रामा आएका वृद्धहरुको कथा समेत देखाइएको छ ।

राजश्री प्रोडक्सनले निर्माण गरेको सो फिल्मको निर्देशन सुरज बर्जत्यले गरेका हुन् भने सो फिल्म यही वर्ष नोभेम्बर ११ मा प्रदर्शन गर्ने तालिकाका रहेको छ ।

फिल्ममा अमिताभ बच्चन, ड्यानी डेनजोङपा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ। यस फिल्ममा केही नेपाली कलाकारहरुको पनि अभिनय गरेका छन् ।

सम्बन्धित समाचार