hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

‘ऐना झ्यालको पुतली’ की विद्यामा आफूलाई पाउँदा

फिल्म सुन्दर हुँदाहुँदै पनि फिल्म सकिदाँ यस्तो लाग्छ कि फिल्मले धेरै कुरा अपूरो छोडेको छ । अर्थात् यो फिल्म यस्तो नभएर यस्तो भइदिएको भए, यो कथालाई त्यसरी नभनिएर यसरी भनिएको भए मनमा अनेक कुरा खेलिरहन्छन् ।

image

सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको ‘ऐना झ्यालको पुतली’ ले सार्वजनिक प्रदर्शन हुनु अघि नै विभिन्न अवार्ड पाइसकेको थियो । फिल्म प्रदर्शन हुनु अघि नै यस फिल्म माथि विभिन्न समीक्षाहरू पनि आउन थालिसकेका थिए । कसैले यसलाई अहिले सम्म बनेका नेपाली फिल्महरूकै उत्कृष्ट फिल्मको सूचिमा राखेका छन् भने कतिले अब बन्ने हरेक नेपाली फिल्म यो जत्तिकै स्तरीय हुनु पर्छ भन्दै प्रतिक्रिया पनि दिई रहेका छन् । यी सबैलाई हेरिरहँदा मन थामिन सकेको थिएन त्यसैले शनिबारको दिन केही साथीहरूको जोहो गरेर म पनि न्यूरोड स्थित रहेको रञ्जना सिनेम्याक्स पुगेँ ।

बालमनोविज्ञान सँग जोडिएको यस फिल्मले एक गरिब परिवारको कथा बोकेको छ । श्रीमान्ले रक्सि खानु अझ घरको अन्नपात, श्रीमतीको गहना बेचेर रक्सी खानु, छोराको फिल्म हेर्ने सपना, छोरीको पढाई खर्चको जोहो गर्न नसक्दा एउटी महिलाले आफ्नो परिवार प्रति गर्नु परेको सङ्घर्षलाई यस फिल्मले बडो सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।

यस फिल्मकी मुख्य नायिका विद्या (कञ्चन चिमरिया)को जीवनलाई हेर्दा आफ्नै बाल्यकालको याद आउँछ । अनि ती दिनहरूको याद आउँछ जहाँ पुतली जस्तै भएर उड्न खोज्दा आफूले गर्नुपरेको संङ्घर्ष, घरपरिवार, समाजसँगको लडाई । यत्ति सोच्दै गर्दा फिल्मको पिंढीमा फडफडाइरहेको विद्याको सपना र घरभित्र बलेको साँझको भरभराउँदो दियोको संयोजनले एउटा छुट्टै उर्जा भर्छ ।

पहिले-पहिले गाउँमा एक दुई घरमा टी.भी हुने गर्दथ्यो । अनि हामी सबैजना बेलुकी खाना खाएर उक्त घरमा फिल्म हेर्न जाने गर्थ्यौँ । यस फिल्मले उक्त बाल्यकालको घटनालाई ताजा बनाई दिन्छ । हामी जस्ता ग्रामीण भेगमा हुर्केकाहरूलाई फिल्मको एक एक दृश्यले यसरी तर्साउँछ मानौँ त्यहाँ हाम्रो आफ्नै जीवनकथा चलिरहेको छ ।

यस फिल्मका अर्का एक बालकलाकार बाङ्गे (उमेश श्रेष्ठ) ले पटक-पटक आफू रहर जाने, पैसा कमाएर फर्किदाँ टी.भी किनेर फर्किने इच्छा व्यक्त गर्छन् । अझै पनि नेपालको अधिकाशं क्षेत्रमा विकास-विस्तार, अवसर नहुँदा बाल मस्तिष्कमा समेत काठमाडौँ भनेको एक अवसरको शहर हो, त्यहाँ पैसा कमाउन सजीलै सकिन्छ भन्ने चेतना घुसेको यस फिल्म मार्फत प्रस्ट देखिन सकिन्छ ।

फिल्म डेढ घन्टा लामो छ । फिल्मको एक दृश्यमा विद्याले ऐना अगाडी बसेर शृङ्गार गरिरहेकी हुन्छिन् । शृङ्गार गरिरहँदा उनी किशोर अवस्थामा प्रवेश गरिरहेको संकेत फिल्मले देखाउन खोजेको छ । यसको केही समय पछि उनमा पहिलो रजस्वला शुरु हुन्छ ।

त्यसबेला अनेकन दृश्य देखाइएको छ । उनलाई एक कोठामा राखिएको छ । उनले खाने भाडा सूनपानीले चोखो बनाइएको छ । उनले यस चलन माथि पनि विद्राह गर्न खोजेको भान फिल्मले दर्शाउन खोजेको छ । दीदीलाई त्यसरी छुट्टै राख्दा उनको भाईमा देखिएको कौतुहतालाई पनि फिल्मले सुन्दर ठङ्गले प्रस्तुत गरेको छ  ।

ऐना अर्थात् शीशाको झ्याल बन्द छ र पुतली त्यसमा फसेको छ । पुतलीले बाहिरको सुन्दर संसार देख्छ तर फुत्कन सक्दैन । फिल्म हेरिरहँदा यी सबै दृश्यले विद्यालाई प्रतिविम्वित गरे झैं लाग्छ ।

यस फिल्मका अर्का पात्र वसन्त (दिनेश खत्री) को अभिनय एकदमै प्राकृतिक छ । दिदीलाई दुःख पनि दिनु अनि माया पनि गर्नु, आमासँग झगडा पनि गर्नु अनि मायाले सँगै फेरि लुटपुटिनु उनको यस निर्दोष अभिनयले कतिपय बेला रुवाउँछ भने कतिबेला आँखाभरी आँशू बनाएर भएपनि हाँस्न मन लाग्छ ।

फिल्मको अर्को दृश्यमा विद्याले स्कुलको निम्ति एउटा कविता लेखेकी हुन्छिन् । तर फिल्म हेर्न नपाएको झोकमा उनका भाइले त्यो कविता बाँसको झ्याङमा फालिदिन्छन् । तर उनको स्कूलका पालेदाईले ‘मुना’ मा छाप्न कविता मागेपछि फेरि उनले त्यो कविता बाँसको झ्याङबाट टिपेर पठाउँछन् । यो कविता छापिए पछि पनि दीदीलाई त्यो कविता सुनाउन उनले गरेको मिहिनेतले एकदमै प्रफुल्लित र आनन्दित बनाउँछ ।

छोरीहरूको लागि पढ्न अवरोध हुँदा, घरमा आर्थिक अभाव हुँदा आफूभन्दा धेरै नै बढी उमेर भएको केटा खोजेर उसको बिहे गरिदिनु, एउटी महिलाले सबथोक चुपचाप सहेर बस्नुपर्छ भन्ने खालको सन्देश दिन खोजेको भान हुँदा भने यो फिल्मप्रति एकदमै असन्तुष्ट भइन्छ ।

फिल्म माैलिक हुँदाहुँदै पनि फिल्मको इन्डिङले फिल्मलाई कमजोर बनाएको हो कि भन्ने महसूस हुन्छ । यस्तो लाग्छ, कुनै पनि फिल्मको अन्त्य यसरी नहोस्, कुनै पनि विद्याको यसरी सपनाहरू नटुटोस् । हामी जस्ता अनेकोँ विद्याहरूले त खुल्ला आकाशमा पुतली जस्तै भएर स्वतन्त्रता पूर्वक उड्न पाउनुपर्छ ।

फिल्म सुन्दर हुँदाहुँदै पनि फिल्म सकिदाँ यस्तो लाग्छ कि फिल्मले धेरै कुरा अपूरो छोडेको छ । अर्थात् यो फिल्म यस्तो नभएर यस्तो भइदिएको भए, यो कथालाई त्यसरी नभनिएर यसरी भनिएको भए मनमा अनेक कुरा खेलिरहन्छन् ।

महिनावारी सँग सम्बन्धित रहेर पनि फिल्मले सकारात्मक चेतना दिन सकेको छैन । एउटी किशोरी अवस्थामा रहेकी आफ्नी छोरीलाई आमाले गरेको व्यवहार एकदमै चित्त नबुझ्दो छ । फाल्तुका गीत, फाइट, तडकभडक नभएर फिल्मले अर्गानिक स्वाद त दिन खोजेको छ तर फिल्म सकिदै गर्दा लाग्छ यस फिल्मले हाम्रो समाजलाई दिने सन्देश चाहिँ के होला ?

सम्बन्धित समाचार