अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको प्रहरीले बताएको छ ।
काठमाण्डू । विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार भएको छ । अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको प्रहरीले बताएको छ ।
स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए । रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।
आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् । साथै रुस्दीको स्वास्थ्य अवस्थाबारे तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।

FILE – Author Salman Rushdie appears at a signing for his book “Home” in London on June 6, 2017. Rushdie was attacked while giving a lecture in western New York. An Associated Press reporter witnessed a man storm the stage Friday at the Chautauqua Institution as Rushdie was being introduced. (Photo by Grant Pollard/Invision/AP, File)
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।
सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस (शैतानका श्लोकहरू)’ का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो । प्रायःजसो मुसलमान समुदायको बाहुल्य भएका देशबाहेक भारत, श्रीलंकालगायत दर्जनौँ देशमा उनको पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यो प्रतिबन्ध अहिलेसम्मै कायम छ ।
तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनी उनको नाममा सन् १९८८ मा ‘फतवा’ अर्थात् मृत्युदण्ड जारी गरेका थिए । उनको टाउको काटेर ल्याउने व्यक्तिलाई करोडौँको पुरस्कार दिने र उनका प्रकाशक र अनुवादकसमेतलाई केही कारबाही गरिने पनि घोषणा गरिएको थियो । सो पुस्तक प्रकाशन भएपछि विभिन्न राष्ट्रमा विभिन्न प्रदर्शन र दंगासमेत भएको थियो । यस पुस्तकका जापानी अनुवादक हितोसी इगारासीको हत्या र इटालेली अनुवादक इतोर क्याप्रिओलोलाई घाइतेसमेत बनाइएको थियो ।
पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।

Blood stains mark a screen as author Salman Rushdie, behind screen, is tended to after he was attacked during a lecture, Friday, Aug. 12, 2022, at the Chautauqua Institution in Chautauqua, N.Y. (Joshua Goodman/The Associated Press)