बहुप्रतिक्षित हलिउड चलचित्र ‘अवतार २’को टिजर सार्वजनिक गरिएको छ ।
काठमाडौं । बहुप्रतिक्षित हलिउड चलचित्र ‘अवतार २’को टिजर सार्वजनिक गरिएको छ । सन् २००९मा आएको चलचित्र ‘अवतार’को दोस्रो सिक्वल १३ वर्षपछि प्रदर्शनमा आउन लागेको हो । नेपाली दर्शकले चलचित्र आउँदो पुस १ गते हेर्न पाउनेछन् । चलचित्रको पहिलो सिक्वलले आफ्नो प्रदर्शनको समयमा करिब २.८ बिलियन बराबरको कमाइ गरेर रेकर्ड राखेको थियो ।
‘अवतार : द वे अफ वाटर’ नाम राखिएको चलचित्र जेस्म क्यामरुनको निर्देशनमा बनेको हो । टिजरमा सुलि परिवारका जेक, नियतिरी र उनीहरूका सन्तानको सङ्घर्ष देखाइएको छ । सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिस आदि कलाकारहरूको अभिनय रहेको चलचित्रको सबै दृश्य पानीमुनि खिचिएको छ ।
‘अवतार २’ डिसेम्बर १६ २०२२ बाट प्रदर्शनमा आउँदैछ भने ‘अवतार ३’ डिसेम्बर २०, २०२४, ‘अवतार ४’ डिसेम्बर २०२६मा प्रदर्शनमा आउने अनुमान गरिएको छ ।
भिडियो