काठमाडाैं । बझाङमा भएको गाडी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो ।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जानकीदेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सिंहका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुरमै उपचार भइरहेको छ ।
प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मङ्गलवार डडेलधुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो ।