बुधबार , बैसाख १९, २०८१

आरोहीहरूको गाउँ, ‘बेदीङ’ 

बेदीङ गाउँका ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । जसका कारण यस गाउँलाई 'आरोहीहरूको गाउँ' समेत भन्ने गरिएको छ ।

image

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-९, मा अवस्थित बेदीङ गाउँ हेर्दा जति सुन्दर देखिन्छन्, अन्य विशेषताहरूले पनि त्यत्तिकै युक्त छन् । रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा ट्रेकिङ रुटमा पर्ने बेदीङ गाउँ महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यो दोलखा जिल्लाको सुदूर-उत्तरी भेगमा पर्छ। दोलखाको सदरमुकाम चरिकोटबाट करिब ८० किमी उत्तरमा बेदीङ गाउँ अवस्थित छ । शेर्पा र तामाङ समुदायको बसोबास रहेको यस गाउँमा जम्मा ८५ घरधुरी रहेका छन् । यो गाउँ समुन्द्री सतहबाट ३,७२१ मिटर उचाइमा रहेको छ ।

बौद्ध धर्मावलम्बी तामाङ र शेर्पा समुदायको बसोबास रहेको बेदीङ गाउँमा पशुपन्छी काटमार चल्दैन । त्यस कारण बेदीङलाई मासु प्रतिबन्धित गाउँसमेत भनेर चिनिन्छ । यहाँ बाहिरबाट समेत मासु लगेर खान पाइँदैन । जनावर काटमार गरेको, मासु खरिदबिक्री गरेको पाइएमा जरिवाना समेत तोकिएको छ ।

बेदीङ गाउँका ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । जसका कारण यस गाउँलाई ‘आरोहीहरूको गाउँ’ समेत भन्ने गरिएको छ ।

धेरै जना अन्तर्राष्ट्रिय हिमाल आरोहणका गाइडमध्ये १३ जना यही गाउँका छन् । त्यसैले यो गाउँलाई हिमालका गाइडहरूको गाउँसमेत भनिन्छ । बेदीङबाट सबैभन्दा बढी मिङ्माछिरि शेर्पाले २० पटकभन्दा बढी सगरमाथाको आरोहण गरेका छन् । धेरै पर्वतारोहीहरूले सगरमाथासँगै ८ हजार मिटरमाथिका अधिकांश हिमाल आरोहण गरिसकेका छन् ।

सम्बन्धित समाचार