शुक्रबार , जेठ ८, २०८३

अधिवक्ता पाण्डेलाई राज्यले कारबाही नगरे हामी आफैँ गर्छाैँः अध्यक्ष गोले, नेपाल तामाङ घेदुङ

image

काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष माेहल गोले तामाङले अधिवक्ता शीतल पाण्डेलाई राज्यले तत्काल पक्राउ गरेर कारबाही नगरे तामाङ समुदाय आफैँले कारबाही गर्ने बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै घेदुङले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आन्दोलन गर्ने अध्यक्ष मोहन गोलेले बताए ।

अधिवक्ता पाण्डेले तामाङ, मगर समुदायलाई अपराधी करार गर्ने किसिमको अभिव्यक्ति दिएको सङ्घले आरोप लगाएको छ । उनलाई हालसम्म पक्राउ नगरिएको प्रति सङ्घले आपत्ति जनाउँदै कारबाहीकाे माग गरेको छ ।

अधिवक्ता पाण्डेले प्राइम टिभीमा दिएको अन्तरवार्ताको अभिव्यक्ति तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले विवाहवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमको रहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौ’, महासचिव काजिमान थिङ तामाङले जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार