शुक्रबार , जेठ ८, २०८३

अफगानिस्तानमा चरम खाद्य सङ्कट

image

एजेन्सी । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । अफगानिस्तानको कुल जनसङ्ख्याको आधाभन्दा बढी  मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् ।  करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ ।

विश्लेषकहरूको अनुसार धेरैजसो अफगानीहरूका लागि ईद-उल-फित्र  मनाउन आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्ष गर्नु पर्यो ।
इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ ।
अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।

सम्बन्धित समाचार