मंगलबार , भाद्र ९, २०८३

नेत्रविक्रम चन्द ‘विप्लव’सहित (नेकपा)का नेताविरुद्ध पक्राउ पुर्जी जारी

उपस्थित नभई बसेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम कारबाही हुने पूर्जीमा उल्लेख गरिएको छ ।

image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्तोष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर लगायत अन्यविरुद्ध विभिन्न कसुरमा पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतका अनुसार ३५ दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ ।

उपस्थित नभई बसेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम कारबाही हुने पूर्जीमा उल्लेख गरिएको छ ।

पक्राउ पूर्जी हेर्नुहाेस् :

सम्बन्धित समाचार