बुधबार , भाद्र ३१, २०८३

अविश्वासको प्रस्तावको सामना गर्दै बेलायती प्रधानमन्त्री जोन्सन

स्थानीय समयअनुसार सोमबार साँझ अविश्वास प्रस्तावमा कन्जरभेटिभ पार्टीका ३५९ सांसदले मतदान गर्ने छन् ।

image

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज पार्टी संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गर्दैछन् ।

समाचार संस्था रोयटर्सका अनुसार कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुन लागेको हो ।

कोरोनाभाइरस रोक्न देशभरि लकडाउन भएका बेला जोनसनको निवास र कार्यालय रहेको ठाउँमा लगातार पार्टीहरू भएको तथ्य बाहिरिएपछि उनी विवादमा परेका थिए । सोही ‘पार्टीगेट’ काण्डका कारण जोनसन बेलायतको प्रधानमन्त्री रहिरहन योग्य नरहेको भन्दै उनको पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

स्थानीय समयअनुसार सोमबार साँझ अविश्वास प्रस्तावमा कन्जरभेटिभ पार्टीका ३५९ सांसदले मतदान गर्ने छन् । प्रधानमन्त्री रहिरहनका लागि जोनसनले १८० सांसदको भोट पाउनु पर्नेछ ।

बहुमत पाएनन् भने जोनसन कन्जरभेटिभ पार्टीको नेतासँगै प्रधानमन्त्रीबाट बाहिरिनेछन् । त्यसपटि कन्जरभेटिभ पार्टीले नयाँ नेता छान्ने प्रक्रिया सुरू गर्नेछ । संसदमा बहुमत भएकाले कन्जरभेटिभ पार्टीको नेता छानिएको व्यक्ति बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ ।

सम्बन्धित समाचार