बुधबार , भाद्र ३१, २०८३

भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

image

Photo by: वल्ड नेशन न्युज

एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

केही दिनयदेखि त्यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ ।

अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।

भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् ।

उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो ।

त्यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार