१.चतांमरि नेपालको मौलिक रोटी भनेर कम्तीमा तीन कारणले मान्न सकिन्छ ।
१.१. चतांमरि बनाउँदा सुल्टो र उल्टो छुट्ट्याउने कुरामा ध्यान दिएको पाइन्छ ।
१.२. चतांमरिको प्रयोग पीठहरूको अगाडि आसनको रूपमा बिछ्याउन गरिन्छ । यसरी यो रोटी एक विशेष महत्त्वपूर्ण कार्य गर्न प्रयोग गरिन्छ।
१.३. चतांमरिको उपयोग शक्ति पीठहरूको जात्रामा आकाशमा उडाएर एक विशेष खास रमाइलोपनको रूपमा प्रयोग गरिन्छ ।
२.. चतांमरि बनाउँदा सुल्टो र उल्टो छुट्याउन सकिने गरी एक विशेष कुरालाई ध्यानमा राखेर बनाएको पाइन्छ ।
२.१. चतांमरि चामलको पीठोबाट बन्दछ । चामलको पीठो पानीमा मिसाउँछ ।
२.२. चामलको पीठोलाई पानीमा मुछेर अलि बाकुलो बनाउँछ ।
२.३. यसरी मुछेको पीठो पकाउने भाँडोमा पातलो गोलो गरेर पकाउँछ ।
२.४. यसलाई सकेसम्म पातलो र गोलो बनाएर पकाउने भाँडोमा छोपेर पकाउँछ ।
२.५. यसमा विशेष अरू रोटी पकाउँदा जस्तो रोटीलाई पल्टाएर दुबैतिरबाट पकाउने गर्दैनन् ।

३. चतांमरिको प्रयोग पीठहरूको अगाडि आसनको रूपमा बिछाएर पीठहरू राख्न प्रयोग गरिन्छ । यसरी यसोले एक विशेष कार्यमा सहयोग पुर्याउँछ ।
३.१. देवाली पूजा वा दिग्पूजामा चतांमरि महत्त्वपूर्ण मात्र होइन कि नभई नहुने मान्यता छ ।
३.२. दिग्पूजा गर्न चतांमरिलाई पीठहरूको अगाडि आसनको रूपमा बिछ्याइन्छ । यसरी यस रोटीको प्रयोग एक विशेष कार्यको लागि गरिन्छ।
३.३. यसरी यसलाई एक विशेष कार्य गर्न पीठहरूको अगाडि आसनको रूपमा बिछ्याएर प्रयोग गरिने हुनाले यसमा सुल्टो र उल्टो छुट्टिने गरेर पकाउनु परेको हो ।
३.४. यसरी पीठहरू को अगाडि आसनको रूपमा बिछाउँदा जहिले पनि सुल्टो गरेर बिछाउनु पर्छ । उल्टो गरेर भूलले पनि बिछाउन हुँदैन ।
३.५. त्यस्कारण चतांमरि पकाउँदा सुल्टो र उल्टो छुट्टिने गरेर विशेष रूपमा पकाउनु पर्ने भएको हो ।
४.चतांमरिको रङ्ग फरक फरक हुनसक्तछ । तर दिग्पूजामा भने सेतो चतांमरि मात्र प्रयोग मा ल्याएको वा चढाएको पाइन्छ ।
४.१. यसको मुख्य कारण दिग्पूजामा कुलदेवता बाहेक पुर्खाहरू र केही मानेमा पितृहरूको पनि याद गर्ने हुँदा सेतो सबैलाई चल्ने हुनाले प्रयोग गरेको हुनसक्तछ ।
४.२. अन्य पूजाहरूमा देवीदेवताको रङ्ग र कपडा पहिरन पहिरिएको रङ्ग अनुसार चतांमरिको रङ्ग प्रयोग गरेको पाइन्छ ।
४.३. अझ कैयौँ पूजाहरूमा त यो चतांमरिको रङ्गबाट कुन देवीदेवता होला भनेर अड्कलसम्म लगाउन सकिन्छ ।
४.४. पाहॉच: हे को पर्व मनाएको बेलामा यो चतांमरिको रङ्गको कुरा प्रष्ट देख्न पाइन्छ ।
४.५. भद्रकाली अजिमा नीलो रङ्गको भन्ने मान्यता भएको हुँदा नीलो रङ्गको चतांमरि धेरै मात्रामा उपयोग गरेको पाइन्छ ।
४.६. त्यस्तै तेवाहाको माहेश्वरीको खटमा माहेश्वरी शक्ति पीठ भएको कारण पहेँलो चतांमरि बढी प्रयोग गरेको पाइन्छ ।
४.७. अझ कंग अजिमा रातो रङ्गको भन्ने मान्यता भएको कारण रातै चतांमरि प्रयोग गरेको देखिन्छ ।
४.८. यसरी आआफ्नू रङ्गहरूको प्रयोग गरी चतांमरि बनाउँदा र प्रयोग गर्दा रमाइलोपन थपिएको छ ।

५. पाहॉच: हे को शक्ति पीठहरूको जात्रा पर्वमा असनको अन्नपूर्णा शक्ति पीठ अगाडि तीन ठाउँको शक्ति पीठहरूको खट् जुडाउने जात्रा हुन्छ । त्यहाँ विभिन्न रङ्गको चतांमरि आकाशमा उडेको र सो जमिनमा खस्दा टिप्न चाहनेहरूको रमाइलोपन खास हुन्छ ।
५.१. पाहॉच: हे को शक्ति पीठहरूको खट् जात्राको तेस्रो दिन दिउँसो दुई बजेतिर असनचोक अन्नपूर्णा शक्ति पीठ अगाडि विशेष भेला हुन्छ ।
५.२. त्यहाँ एक एक गरेर तीन वटै शक्ति पीठहरूको खटहरू जात्रा गर्दै आइपुग्छन् ।
५.३. यसलाई तेवाहा, कंग र भद्रकाली शक्ति पीठहरू बोकेको तीन खट् जुडाउने जात्रा भनिन्छ ।
५.४. तर खासमा त्यहाँ एक खट्ले अर्को खटलाई जात्रा गरेर घुमेर आगोको ज्वाला साट्ने काम गर्छन् ।
५.५. त्यस्बेलामा यस असनचोकमा रमाइलोपनको आभास हुन्छ । असनचोकका चारैतिरको घर घरबाट, झ्याल झ्यालबाट, घरको छानाबाट तीन रङ्गका चतांमरिहरू आकाशमा उडाएको देखिन्छ ।
५.६. यो एउटा तेस्रो मौलिक चतांमरि उडाउने विशेष प्रचलन हो । त्यत्तिखेर आकाशमा तीन रङ्गको चतांमरि उडेर तल झरेको हुन्छ । त्यो त्यसै रमाइलो हुन्छ । त्यस्मा चतांमरि टिप्नेहरूको रमाइलो आफ्नै छंदैछ ।
५.७. त्यस्मा जात्रा को चहलपहल र एक खट् अर्को खटलाई घुम्दै आगोको ज्वाला साटेर रमाइलो गरेको दृश्य झन् रोचक लाग्दछ ।
५.८. पहिले पहिले चतांमरि यसै फेँकिएको वा उडाएको देखिन्थ्यो भने आजकाल प्लास्टिक ले बेरेर उडाउने चलन छ ।
६.केही तन्त्र शास्त्र अध्ययन गर्ने विद्धानहरू चतांमरिलाई चिन्तामणि भनेको पनि सुनिन्छन् ।
६.१. चिन्तामणि भनेको एक प्रकारको ढुङ्गा नै हो । यहाँ चिन्तामणिको भाव राखेर चतांमरि बिछाएर आसन दिएर पूजा गरेको हो भनिन्छ ।
६.२. नेवारी खानामा आजकाल चतांमरिको पनि विभिन्न परिकारहरू तैयार भएको पाइन्छ । त्यसबारेमा छुट्टै आउला । यो यहाँको विषय भएन ।
६.३. नेवार संस्कृतिमा चामल र चामलमा आधारित वस्तुहरूको एउटा आफ्नै विशेषता भएको र अलग महत्त्व बोकेको मौलिक परम्पराहरू छन् ।त्यो पनि आजको विषय बस्तुमा परेन ।