मंगलबार , जेठ १६, २०८०

जनकपुरधाममा चैती छठको रौनक

image

काठमाडौं । तराई क्षेत्रमा हिन्दु धर्मावलम्बीहरूले चैती छठ पर्व सोमबार धुमधामका साथ मनाएका छन्  । छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरू धनुष सागर, अगनीकुण्ड, अङ्गराजसरसहितका पोखरीहरूको डिलमा भक्तजनहरूको भिड लागेको छ ।

छठ पूजाका लागि व्रत बस्ने व्रतालु महिलाले सोमबार अस्ताउँदो सूर्यको अर्घ दिएका छन् । मंलगबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व विधिवत् रूपमा समपन्न हुनेछ । छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्ने परम्परा छ ।

Tags:

सम्बन्धित समाचार