शुक्रबार , मंग्सिर २३, २०७९

कविता- छुट्टी

मौन त बसेँ । तर बाटो हिँडिरहेको थिएँ

image

  • रोशन न्यौपाने

मौन त बसेँ ।
तर बाटो हिँडिरहेको थिएँ,
सडकछेउ विद्यालयको प्राङ्गणभित्र
विशालकाय रुखको घाँटीमा
सूर्य आकृति झुन्ड्याएर कसैले
हथौडाले बडो निर्ममतापूर्वक घन्टी बजाइरहेको देखेँ !

तद्पश्चात्,
विद्यार्थीहरू उत्साहपूर्वक ठेलमठेल गर्दै
यसरी बाहिरिए,
सोचेँ —सायद भर्खर लामो सङ्क्रमणकालको छुट्टी भएको हो ।

Tags:

सम्बन्धित समाचार