बुधबार , कार्तिक १२, २०८३

मधेस प्रदेश कोरोना मुक्त

image

जनकपुर । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो ।

कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएका छन् ।

कोरोनाकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको छ ।

साथै, प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् ।

सम्बन्धित समाचार