शुक्रबार , मंग्सिर २३, २०७९

‘चन्द्रे मामा, म पनि गोठालो बन्छु’

मैले उनको कुरा बुझिहालेँ, अनि मोबाइलको क्यामेरामा कैद गरिदिएँ गोठालोको ‘लुक्स्’ ।

image

यिनको नाम दीपेश थिङ तामाङ । धादिङको गजुरी बजारमा जन्मेहुर्केका उनी कहिल्यै गोठालो गएका छैनन् । जानको लागि उनको घरमा गाई-भैँसी बाख्रा पनि छैनन् । साइनोले यिनी मेरो भान्जा । मेरी ठुली दिदीको छोरा हुन्  । कहिलेकाहीँ मामा घर आउँदा मसँग डाँडा पाखा घुम्न जान मरिहत्ते गर्छन् ।

बजारमा जन्मेहुर्केका यिनको दैनिकी एक किलोमिटर पर रहेको स्कुल जाने र घर आउने गर्दै बित्छ । अनि घरमा हुँदा टेलिभिजनमा उही कार्टुन । दिक्क लाग्दो होला अनि गाउँ पुग्ने बित्तिकै घुम्न जान तम्सिन्छन् दीपेश । म पनि उस्तै, डाँडा, पाखा पखेरा, खोला नाला, बन जङ्गल घुम्न उधुमै रमाइलो लाग्ने । केही दिन अघि जुर्‍यो मामा भान्जालाई डाँडा घुम्न ।

धादिङको बेनीघाट-रोराङ गाउँपालिका वडा नम्बर एक स्थित ब्रोम्दीङ डाँडातिर लम्कियौँ मामा भान्जा । गाउँबाट आदि घण्टाको पैदल यात्रापछि हामी डाँडामा पुग्यौँ । डाँडामा गाई-भैँसी बाख्रा अनि गोठालाहरूको लर्को देखेपछि फुरुङ्ग हुँदै दीपेशले भने-‘चन्द्र मामा, म पनि गोठालो बन्छु’, मैले उनको कुरा बुझिहालेँ, अनि मोबाइलको क्यामेरामा कैद गरिदिएँ गोठालोको ‘लुक्स्’ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण ब्रोम्दीङ डाँडामा अहिले पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ ।

तस्बिरहरू:

सम्बन्धित समाचार