शुक्रबार , जेठ ८, २०८३

रोल्पाका २९ मतदान केन्द्र अतिसंवेदनशील

image

काठमाडौं । रोल्पामा स्थानीय तहको निर्वाचनका लागी  सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । रोल्पामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेका छन् ।

जिल्लामा ४५० नेपाली सेना, ३११ सशस्त्र प्रहरी बल , ४९९ नेपाल प्रहरी र ८३३ म्यादी प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ । पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको थियो ।

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेका छन् । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन्।

रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार