शुक्रबार , जेठ ८, २०८३

मतदाता परिचयपत्र खोसेको आरोपमा दोलखामा निवर्तमान वडाध्यक्ष पक्राउ

image

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा  मतदाता परिचयपत्र खोसेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले रहेका छन् ।

बुधबार मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको थियो ।

उनले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता परिचयपत्र खोसेर लगेका थिए ।

 

 

सम्बन्धित समाचार