शुक्रबार , जेठ ८, २०८३

भरतपुरमा राति १२ बजेबाट मतगणना गरिने

image

काठमाडौं । भरतपुर महानगरको मतगणना आजै राति १२ बजेबाट सुरु गरिने भएको छ । अहिले निर्वाचन सकिएर मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतगणना गर्न राति ९ बजे सर्वदलीय बैठक बोलाइएको छ।

भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल , नेकपा एमालेबाट विजय सुवेदी र बागी उम्मेदवार जगन्नाथ पौडेल प्रतिस्पर्धामा छन् ।

 

सम्बन्धित समाचार