शुक्रबार , जेठ ८, २०८३

सिमकोट गाउँपालिकाको मतगणना सुरु

image

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ ।

वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भए पनि दिउँसो ढिला गरी सर्वदलीय बैठक बसेर साँझदेखि मतगणना गर्ने कार्य सुरु भएको हो ।

सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो ।

सम्बन्धित समाचार