शुक्रबार , जेठ ८, २०८३

स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता सुरु

image

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न सुरु गरेका हुन् । आज बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । त्यस्तै, भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।

गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ । आज र भोलि उम्मेदवारी दर्ताको समय सकिए लगत्तै उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने त्यसमाथि वैशाख १४ र १५ गते जाँचबुझ गरिनेछ । त्यसपछि वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

यससँगै वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । वैशाख ३० गते मतदात हुनेछ ।

Tags:

सम्बन्धित समाचार