acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170चलचित्रमा पहिलो पटक महिनावारी भएकी किशोरीलाई परिवारबाट गरिने व्यवहार देखाइए तापनि उसको सम्पूर्ण मानसिक अवस्था र शारीरिक व्यथा देखाउन भने कञ्जुस्याँइ गरिएको हो कि भन्ने भान हुन्छ ।
सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ ठेट नेपाली सिनेमा हो । सरल र छरितो चलचित्र हो यो । निर्माण पक्षले कलात्मक चलचित्रको लागि गरेको मिहिनेत देखेर खुसी लाग्छ । बिडारी आफैं सिनेमाका लेखक, पटकथाकार र निर्देशक हुन् । एक ग्रामीण परिवारको कथा आर्टिस्टक अन्दाज-ए-बयाँ सहित देखाउनु चानचुने कुरा होइन । कथा सामान्य हो तर, कथालाई कसरी भन्नुपर्छ भन्ने कुरा बिडारीले बुझेका रहेछन् । हजुरआमाले कथा भनेसरह भाँती पुर्याएर उनी कथा भनिरहेका छन् ।
सिनेमा निर्माण एउटा सामूहिक कार्य हो, यसैले यस फिल्म निर्माणमा जोडिएका सबैसबै धन्यवादका पात्र छन् । सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायत सम्पूर्ण कलाकारहरूले चलचित्रमा आफ्नो अभिनयमा मिहिनेत गरेका छन् । संखुवासभामा छायांकन गरिएको फिल्मको मुख्य कलाकार सबै नन्-एक्टर छन्, तर यो कुरा फिल्म हेरिरहँदा पत्तै पाइदैन । कलाकारहरू आ-आफ्नो भूमिकामा अब्बल दरिएका छन् ।
चलचित्रमा २०५० सालतिरको परिवेशलाई राम्रोसँग उनिएको छ । मैले जस्तै त्यतिबेला आफ्नो बाल्यकाल बाँचेकाहरुले चलचित्रमा आफूलाई नै देख्नेछन् । चलचित्रमा प्रयोग गरिएको पार्श्व सङ्गीतले दर्शकलाई त्यो समयको यात्रामा लैजान थप मदत गरेको छ । चलचित्रमा सो समयमा रेडियो नेपालमा बज्ने भजन, सङ्गीत र विज्ञापनको प्रयोगले सम्बन्धित समयको परिवेश हुबहु जस्तै उतारेको छ ।

सुन्दर छायांकनका लागि चलचित्रका छायाँकारलाई धन्यवाद दिनैपर्छ । निलो रङ्गको स्कुल ड्रेस, त्यतीबेलाका पाठ्यपुस्तक, टिभी भएको घरमा शनिवार आउने हिन्दी चलचित्र हेर्न गएको पल, पैसा तिरेर अन्य चलचित्र हेर्ने हुटहुटी, बाकस/बुवाको गोजी/पुजा थान आदिबाट पैसा चोर्दै गरेको वसन्तको पात्रमा आफ्नो बाल्यकाल देखिन्छ ।
दिदिभाइको ठुस्का-ठुस्की, भाइको चकचक, दिदिको शालीनता र दिदिभाइको सुमधुर प्रेमलाई बडो गजबसँग प्रस्तुत गरिएको छ । साथै मदिराको लत लागेका श्रीमानले दिएको दिक्दारी झेल्दै घरको जिम्मेवारी उठाइरहेकी महिलाको कथा चित्रण निकै अब्बल छ । बाल्यकालमा गरिने उटपट्याङ, साथीसंगीसँगको प्रेम र झगडा हेर्दा एकछिन मन ती पुराना दिनतिर फर्किन्छ ।
बजिरहेको समाचारका माध्यमबाट त्यतिबेलाको राजनीतिक अवस्था र सशस्त्र द्वन्द्व भर्खरै सुरु हुन लागेको कुरा पनि बुझाइएको छ । जसबाट चलचित्रमा सशस्त्र द्वन्द्वभन्दा अघिको कथा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । घरको अभाव देखिरहेका बालख आँखाहरूले धन कमाउन बुनेको काठमाडौं जाने सपना र, यही सपनाका कारण छुट्टिएका दुई साथीको मित्रताले घरी हसाउँछ भने घरी आँखा रसाउँछ । चलचित्रमा पहिलो पटक महिनावारी भएकी किशोरीलाई परिवारबाट गरिने व्यवहार देखाइए तापनि उसको सम्पूर्ण मानसिक अवस्था र शारीरिक व्यथा देखाउन भने कञ्जुस्याँइ गरिएको हो कि भन्ने भान हुन्छ ।
चलचित्रमा तपाई हामीले भोगेका साना-साना धेरै कथा बडो न्यायपूर्वक उनिएको छ । ८ कक्षा पास गरिसकेपछि थप शिक्षाका लागि आफ्नो गाउँ छोडेर बाहिर जानुपर्ने अवस्थामा एक किशोरीले बारम्बार भोगेका अड्चनहरू नै चलचित्रको मुख्य कथा रहेको छ । विद्याका लागि सङ्घर्ष गरिरहेकी किशोरीको नाम विद्या राखिनुले पनि चलचित्रमा सानो सानो कुरालाई कसरी ख्याल गरिएको छ भन्ने बुझिन्छ । ऐना झ्याल बाहिरको संसार हेरेर उड्न चाहिरहेकी पुतलीलाई आर्थिक अभावले थुनेर दिइरहेको छटपटाहट चलचित्र हेर्दै गर्दा महसुस गरिन्छ ।
दक्षिण कोरियाको वुशान फिल्म फेस्टिभलको सन् २०२० मा भएको पच्चीसौं संस्करणमा प्रदर्शनका लागि यो सिनेमा छानिएको थियो । वुशान फिल्म फेस्टिभल सिनेमा प्रेमीहरूबीच विश्वव्यापी रूपमा चर्चित छ र त्यहाँ प्रदर्शन गरिने सिनेमालाई दर्शकहरूले गम्भीर रूपमा लिन्छन् । तर, नेपालतिरका सिनेमा व्यवसायीहरू सो कुरा बुझ्दैनन्, यसैले फिल्मले धन्नै हल नपाइसकेको अवस्था निम्तिएको थियो ।
चेक गणतन्त्रमा आयोजित ६१औं जिन फिल्म फेस्टिभलमा पनि यो फिल्म आधिकारिक रूपमा छानिएको थियो । त्यस्तै‚ स्वीट्जरल्यान्डको ३४औं फायरवर्ग इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि यो फिल्म प्रदर्शित भयो । अस्ट्रेलियामा आयोजित एशिया प्यासिफिक अवार्ड कम्पिटिशनका लागि पनि यो फिल्म छानिएको थियो । बाङ्लादेशको ढाकामा भएको २०औं ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा भने ऐना झ्यालको पुतलीले सर्वोत्तम निर्देशक (बेस्ट डिरेक्टर)को अवार्ड नै जितेको थियो । अब सोही फिल्म नेपाली हलहरूमा प्रदर्शित भइरहेको छ । यसलाई कुनै पनि हालतमा छुटाउनु हुँदैन । यो फिल्मले नेपाली सिनेमाको इतिहासमा एक कोसेढुंगा बन्न सक्छ ।
सरल कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको चलचित्र एकपटक हेर्नै पर्ने नेपाली चलचित्रहरूमा पर्छ । यसरि विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भएको चलचित्र सकिएसँगै केहिबेर दर्शकहरू आफ्नो सिटबाट उठ्न सकेका थिएनन् । रञ्जना सिनेप्लेक्समा मसँगै उपस्थित दर्शकहरूले ताली बजाएर राम्रो चलचित्र बनाएकोमा निर्माण पक्षलाई धन्यवाद समेत दिएका थियौँ ।