बुधबार , बैसाख १९, २०८१

कसरी गर्ने फेसबुकमा अडियो कमेन्ट ?

यसअघि फोटो र टेक्स्ट राख्न पाइने फेसबुकमा अब अडियो कमेन्ट राख्न सकिनेछ । 

image

काठमाडौं ।  लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले अडियो कमेन्ट गर्न मिल्ने नयाँ फिचर ल्याएको छ । बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको फेसबुकले हालै यो नयाँ फिचर ल्याएको हो । जसलाई प्रयोग गर्न नजानेर कतिपय प्रयोगकर्ता अन्यौलमा छन् ।

फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराएको थियो, तर उक्त फिचरसँग अभ्यस्त नभएका कारण कतिपयलाई प्रयोग गर्न कठिनाइ भइरहेको हुनसक्छ । केहीले फेसबुकमा अडियो कमेन्ट गरिरहेका छन् तर फेसबुकमा सबैलाई यो एक्सेस छैन ।

पुरानो फेसबुक खाता भएकाले विशेषगरी यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । जुन क्रमशः अपडेट हुँदा देखिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइने फेसबुकमा अब अडियो कमेन्ट राख्न सकिनेछ ।

नेपालमा पनि यो अप्सन कतै खुलेको छ, कतै खुलेको छैन । फेसबुकको लाइट एपमा यो फिचरको प्रयोग गर्न सकिन्छ ।

अडियो कमेन्ट यसरी गर्न सकिनेछ ।

पहिला फेसबुक लाइट एप खोल्नुहोस् र अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् । त्यसपछि कमेन्ट बक्समा गइ, त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह छ/छैन हेर्नुहोस् । माइक्रोफोनको आईकन देखिए त्यसमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

त्यसैगरि रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा राख्नुहोस् र स्टप गर्नुहोस् । अडियोसँगै टेक्स्ट कमेन्ट गर्न समेत पाइने हुनाले केही लेखेर पोस्ट गर्न सकिनेछ ।

Tags:

सम्बन्धित समाचार