बुधबार , साउन ९, २०८१

पर्यटन मन्त्रि हितबहादुर तामाङ र वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेबीच भेटघाट

image

पर्यटन मन्त्रि हितबहादुर तामाङ र वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेबीच पर्यटन मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

पर्यटन मन्त्रि तामाङको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली युवाहरुको बढ्दो वैदेशिक रोजगार समस्यालाई न्युनीकरण गर्न नेपालको पर्यटनमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले आफ्नो संस्था मार्फत रोजगारीको शिलिशलामा दु:ख पाएका युवाहरुलाई गरेको सहयोग बारे जानकारी समेत गराएका थिए ।

साथै संस्थाका उपाध्यक्ष अन्जना श्रेष्ठ, सचिव रिता परीयार, प्रवक्ता दिपक बिसी लगायतको टोलीले पर्यटन मन्त्रि तामाङलाई सफल कार्यकालको बधाई सँगै सम्मान प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।

सम्बन्धित समाचार