आइतबार , साउन १७, २०८३

वर्थ डे पार्टी मनाउँदा आगलागी, ८ जनाको ज्यान गयाे

तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ। ’

image

एजेन्सी । इरानको तेहरान प्रान्तमा जन्मदिनको भोज आयोजना गर्ने गर्ने क्रममा आगलागी हुँदा आठ जनाको ज्यान गएको छ । एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेको जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ। ’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।

सम्बन्धित समाचार