मंगलबार , भाद्र ९, २०८३

चुनाव प्रचारमा प्रयोग गरिएका दुई गाडीमा आगजनी

image

Photo by: फाइल तस्बिर

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिदै जाँदा शुक्रबार राति वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । चुनाव प्रचारका लागि प्रयोग गरिएको दुई गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरको मुख्य भाग मंगलगढी चौक छेउमै शुक्रवार राती १२:३० बजे अज्ञात समूहले स्कार्पियो जिप र एसएमएल गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएका दुई गाडीलाई आगजनीमा परेका हुन् । आगजनी बा १४ प ६८३१ नम्वरको स्कर्पियो र ०२–००१ ख ००६१ नम्वरको एसएमएल (मिनिबस) मा गरिएको थियो । मंगलगढी चौकमा रहेका प्रहरीहरु तत्काल पुगेपनि आगजनी गर्ने ब्यक्तिहरु पक्राउ गर्न सकेन् ।

स्थानीयका अनुसार आगजनी गर्नेहरु आगजनी गरे लगत्तै भागेका थिए । मंगलगढी चौक मुख्य बजार भएकाले सिसि क्यामराबाट आगजनी गर्ने ब्यक्ति पक्राउ गर्न सहज हुने स्थानीयको भनाई छ ।

आगजनीमा गाडीको पछाडिको टायर जलेको छ । गाडीमा लागेको आगोलाई स्थानीय बासिन्दा र नगर प्रहरीको सहायताले नियन्त्रणमा लिईएको थियो। सुर्खेत प्रहरीले घटनाबारे छानबिन भइरहेको प्रतिक्रिया दिएको छ ।

Tags:

सम्बन्धित समाचार