काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन कुनै पनि दलको हितमा नभएको दावी गरेका छन्। चुनावी तालमेलको विषयले कांग्रेसभित्र असन्तुष्टि बढेका बेला महामन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन्।
नयाँ वर्षका अवसमार काठमाडौँमा आयोजित कार्यक्रममा बाेल्दै थापाले नेपालको दीर्घकालीन राजनीतिक संस्कृतिका लागि गठबन्धन हितकर नभएको उल्लेख गरे। गठबन्धनको संस्कृतिले मुलुकलाई राजनीतिक स्थायीत्व दिन नसकिने जिकीर गरेका छन् ।
थापाले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छैन भन्ने मेरो आफ्नो मत हो। तर पार्टीको निर्णय मानेको छु। मान्नुपर्छ।’
कांग्रेसले स्थानीय तहको चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग गठबन्धन गर्ने सहमति गरे पनि महामन्त्री थापा निरन्तर त्यसको विपक्षमा उभिँदै आएका छन्।
्