शुक्रबार , जेठ ८, २०८३

गोदावरी नगरपालिका कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

image

काठमाडौं । गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशी तथा इन्जिनियर, सव-इन्जिनियरसमेत गरी ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनीहरुले ३१ लाख भन्दा बढी रुपैयाँको ठेक्कामा गैरकानुनी लाभ हासिल गरी सरकारी सम्तत्तिमा हानीनोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गोदावरी नगरपालिकामा विभिन्न निर्माण व्यवसायीबाट कार्यसम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारले जनाएको छ।

इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन काम गराउनुका साथै नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको र निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको बताइएको छ।

गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्नका लागि सम्बन्धित साइट इन्जिनियररप्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरेर सहमति जनाएको पाइएको अख्तियारले जनाएकाे छ ।

 

 

Tags:

सम्बन्धित समाचार