बुधबार , भाद्र ३१, २०८३

भाजपामा जाने भए हार्दिक पटेल, मोदीको गरे प्रशंसा

पछिल्लो समय कंग्रेस नेतृत्वसँग कुरा नमिलेको भन्दै पटेल असन्तुष्ट थिए । गत मे १८ मा उनले कंग्रेस त्यागेका थिए ।

image

एजेन्सी । दुई साताअघि भारतीय राष्ट्रिय कंग्रेस पार्टीबाट राजीनामा दिएका हार्दिक पटेल भारतीय जनता पार्टीमा प्रवेश गर्ने भएका छन् ।बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आजै भाजपा प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा पनि गरेका छन् । पटेलले लेखेका छन्- ‘राष्ट्रहित, प्रदेशहित, जनहित एवं समाज हितको भावनाका साथ आजबाट नयाँ अध्यायको प्रारम्भ गर्न जाँदै छु । भारतका यशस्वी प्रधानमन्त्री श्री नरेन्द्र भाइ मोदीजी को नेतृत्वमा चलिरहेको राष्ट्रसेवाको भगीरथ कार्यमा सानो सिपाही बनेर काम गर्नेछु ।’

सन् २०१५ को पटिदार आन्दोलनबाट चर्चामा आएका पटेल सन् २०१९ को लोकसभा चुनावअघि कंग्रेसमा प्रवेश गरेका थिए ।

पटिदार आन्दोलनताका भाजपा र उसका नीतिका खरो आलोचक रहेका पटेललाई कंग्रेसले गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनाएको थियो ।

पछिल्लो समय कंग्रेस नेतृत्वसँग कुरा नमिलेको भन्दै पटेल असन्तुष्ट थिए । गत मे १८ मा उनले कंग्रेस त्यागेका थिए ।

गुजरातमा यो वर्षको अन्त्यमा विधान सभा चुनाव हुँदैछ। गुजरात मोदीको गृह प्रदेश हो । चुनावअघि भाजपाले पटेललाई स्वागत गर्न लागेको हो ।

पटेलकाे ट्वीटर पाेस्ट :

https://twitter.com/HardikPatel_/status/1532189431754547200

सम्बन्धित समाचार