विकास राैनियार/धादिङ । नेपाली सेनाले उत्तरी धादिङको रूबीभ्यालीमा हेलिप्याड निर्माण गरेको छ । रूबीभ्याली गाउँपालिका-३, सेर्तुङस्थित कोच्जोङमा हेलिप्याड निर्माण गरेको हो । यो हेलिप्याड जिल्ला सदरमुकामभन्दा विकटमा बनेको पहिलो ठुलो हेलिप्याड हो ।
विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोक बरालले बताए ।
“जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्धार गर्न सहज होस भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरेको हो,” गणपति बरालले भने।
गाउँपालिकाको समन्वयमा सेनाले दस लाखको लगानीमा हेलिप्याड निर्माण गरेको हो । हेलिप्याड निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
भौगोलिक विकटता, सडक सञ्जालको राम्रो सुविधा र पहुँच नहुँदा प्राकृतिक विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य थियो । हेलिप्याड निर्माण भएसँगै आपतकालीन् उद्धारमा सहज हुने अपेक्षा गरिएको छ ।
तस्बिर:
