एजेन्सी । इरानसँगको आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा वार्ता केही दिनमा पुनः सुरु हुने भएको छ ।
युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार तेहरानको भ्रमणका क्रममा सो कुरा बताएका हुन् ।
आणविक हतियार नियन्त्रणका लागि भएको संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) लाई संकेत गर्दै बोरेलले इरानको राजधानी तेहरानमा आयोजित पत्रकार भने, ‘हामी जेसीपीओएबारे आगामी दिनमा वार्ता पुनः सुरु गर्नेछौं ।
लामो गृहकार्यपछि इरानले सम्झौताका लागि वार्तामा बस्न तयार भएको हो ।
अमेरिकासहितका विश्वका छ शक्ति राष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि इस्लामिक गणतन्त्र इरान पनि उक्त सम्झौताबाट फिर्ता भएको थियो ।