सोमबार , साउन ११, २०८३

‘जुरासिक वर्ल्ड डोमिनियन’को आक्रामक कमाइ

बहुप्रतिक्षित हलिउड चलचित्र ‘जुरासिक वर्ल्ड डोमिनियन’ अहिले विश्वभरि प्रदर्शन भइरहेको छ

image

काठमाडाैं । बहुप्रतिक्षित हलिउड चलचित्र ‘जुरासिक वर्ल्ड डोमिनियन’ अहिले विश्वभरि प्रदर्शन भइरहेको छ । चलचित्रले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । कोलिन ट्रेवोरोको निर्देशनमा बनेको चलचित्र ट्रेवोरो र एमिली कार्माइकल द्वारा लिखित र ट्रेवोरो र डेरेक कोनोलीको कथामा आधारित छ ।

चलचित्रले प्रदर्शनमा आएको ४ दिनमा विश्वव्यापी बक्स अफिसबाट ४ हजार २८८ करोड रुपैयाँ भन्दा बढी बटुलेको छ । २ हजार ५४ करोड रुपैयाँको बजेटमा बनेको चलचित्र जुन १० बाट प्रदर्शनमा आएको हो । सन् १९९४ देखि चल्दै आएको ‘जुरासिक पार्क’ फ्रेन्चाइजलाई दर्शकहरूले निकै रुचाउने गरेका छन् । चलचित्रमा क्रिस प्राट मुख्य भूमिकामा देखिएका छन् ।

 

सम्बन्धित समाचार