मंगलबार , भाद्र ३०, २०८३

कर्णाली दोभानमा पर्यावरणीय पार्क

image

काठमाडौं। पवित्र धार्मिकस्थल कर्णाली नदीको दोभान रहेको खार्पुनाथ शिवालयमा पर्यावरणीय पार्क निर्माणको कामले तीव्रता पाएको छ । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुुमा पर्यावणीय पार्क निर्माण भइरहेको हो । पार्क निर्माणले टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।

अहिले दुुवै नदीको किनारामा ग्याबिन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ । टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ । यसअघि दुुवैतिरको नदीको कटानले टापुु जोखिममा रहेको थियो ।

सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। उनले पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको जानकारी दिए । पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने उनको दाबी छ ।

गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ ।

खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरिसकिएको छ । हाल खार्पुमा दैनिक ५० जनाभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् ।

Tags:

सम्बन्धित समाचार