शुक्रबार , जेठ ८, २०८३

केजीएफका लागि राती १२ बजेदेखि बिहान ३ बजेसम्मका सो हाउसफुल

आजबाट दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ र नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएका छन् ।

image

काठमाडौं । आजबाट दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ र नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएका छन् ।  केजीएफले उल्लेखनीय रूपमा व्यापार गर्ने स्पष्ट छ भने  ए मेरो हजुरलाई सिनेमा घरसम्म दर्शक तान्न गाह्रो भइरहेको छ । केजीएफको क्रेजको कुरा गर्ने हो भने नेपालको चलचित्र प्रदर्शन इतिहासमै पहिलो पटक एफ क्युब सिनेमाजले बिहान ३ बजेको सो राखेको छ । त्यसैगरि कतिपय मल्टीप्लेक्सले रातको १२ बजे पनि सो राखेका छन् ।

एफ क्युब सिनेमाजले केजिएफका लागि बिहीबार बिहान ३ बजेकै सो राखेको हो । एफ क्युब सिनेमाजका अनुसार बिहान ४ बजेका लागि राखिएको सो हाउसफुल भएपछि ३: ४५ को सो थपिएको र त्यो पनि हाउसफूल भएपछि ३ बजेको सो थपिएको हो ।

Tags:

सम्बन्धित समाचार