पहिलो भागमा रकी र अधीराबिचको भयङ्कर द्वन्द्व मजा दर्शकहरूले लिनेछन् ।
दक्षिण भारतीय कलाकार यशको बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ अहिले सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ । दर्शकहरू अग्रिम बुकिङ गरेर चलचित्र हेर्न गइरहेका छन् । फिल्म दश हजार स्क्रिनमामा रिलिज भएको बताइएको छ।
केजीएफ च्याप्टर २ को बक्स अफिस रेकर्ड बुकमा नयाँ कीर्तिमान रचेको छ । फिल्मको हिन्दी संस्मरणले आधिकारिक रूपमा सबैभन्दा ज्यादा प्रि-बुकिङ रेकर्ड आफ्नो नाम बनाएको छ । एसएस राजामुलीको फिल्म; बाहुबली-द कन्क्लूजान’लाई यस फिल्मले पछाडि छोडिदिएको छ । बक्सअफिसइन्डियाडटकमका अनुसार, आज सिनेमाघरहरूमा रिलिल भएको यस फिल्मले प्रि-बुकिङको साथ् ४२ करोड भन्दा बढी भारतीय रुपैयाँ कमाइसकेको छ ।
यश र संजय दत्तको अभिनय रहेको चलचित्रमा दर्शकहरूले रकी भाइ र अधीराबिचको भयङ्कर द्वन्द्व हेर्न सक्छन् । यसका अलावा चलचित्रमा अभिनेत्री रवीना टन्डन र प्रकाश राज पनि मुख्य भूमिकामा देखिनेछन् ।
चलचित्रले दर्शकहरूलाई बाँधेर राख्नेछ
समीक्षकका अनुसार यो चलचित्रको पहिलो भाग निकै जबरजस्त रहेको छ । पहिलो भागमा रकी र अधीराबिचको भयङ्कर द्वन्द्व हेरेर दर्शकहरूले मजा लिनेछन् । फिल्ममा अधीराले आफ्नो खदान फिर्ता लिन भरपुर कोसिस गर्छ । त्यस्तै, रकी पनि उसको जवाफ युद्धले दिन तयार हुन्छ । यसका अलावा चलचित्रको डाइलोगले शरीरमा काँडा उमार्ने काम गर्छ ।
यस्तो छ कथा
तपाईंहरूलाई जानकारीका लागि बताइदिउँ, २०१८ मा आएको चलचित्र ‘केजीएफ च्याप्टर १’ को कथा जहाँ सकिएको थियो, त्यहीँबाट ‘केजीएफ २’ को कथा सुरु हुन्छ । चलचित्रमा यश रकीको भूमिकामा देखिनेछन्, जो अहिले रकी भाइ बनिसकेका छन् । रकीको उद्देश्य भनेको ‘केजीएफ’ हासिल गर्नु रहेको छ । तर, त्यसको लागि उसले अधिरासँग भिड्नु पर्ने हुन्छ ।
संजय दत्तले चलचित्रमा अधीराको भूमिका निभाएका छन् । चलचित्रमा सुरुदेखि अन्त्यसम्म थ्रिलर, एक्सन, सस्पेन्स र रोमाञ्च भरिएको छ । निर्देशक प्रशांत नीलको यो चलचित्रमा हरपल ‘अब के हुन्छ?’ भन्ने लागिरहन्छ । यति मात्र होइन चलचित्रको अन्त्य निकै रोमाञ्चक रहेको छ, जसको आनन्द सिनेमाघरमा मात्र लिन सकिन्छ ।
खबरका अनुसार चलचित्रको तेस्रो भागको सङ्केत पनि निर्देशकले दिइसकेका छन् । ‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा विश्वव्यापी रूपमा रिलिज भएको छ । यो फिल्म सय करोडको बजेटमा बनेको हो ।
नेपालमा यशको क्रेज
नेपाली सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै बढी शो राखिएको छ भने अग्रिम टिकट बिक्री पनि सर्वाधिक भएको छ । नेपालमा यशको जबर्जस्त क्रेज देख्न मिलेको छ ।
दर्शकहरुमा ‘केजीएफ-२’को क्रेज यतिसम्म देखिएको छ कि आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइसकेको छ । यस्तो अवस्थामा केही मल्टिप्लेक्सले बिहान ३ बजेको समेत शो राखेका छन् ।