यसअघि २०६० सालदेखि नर्सिङ पढाई हुँंदै आएकोमा यो वर्ष एक सय शैयाको अस्पताल नभएको भन्दै नर्सिङ पढाई बन्द गर्न बाध्य भएको थियो । अब यो कक्षा चालू शैक्षिक सत्रदेखि सुरु गर्ने नगरपालिकाले जनाएको छ ।
Photo by: फाईल तस्बिर
काठमाडौं । भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शैयाको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ ।
६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको लागि एक सय शैयाको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक सय शैयाको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लग्नुका साथै नर्सिङ शिक्षा सञ्चालन गर्ने बताए ।
यसअघि २०६० सालदेखि नर्सिङ पढाई हुँंदै आएकोमा यो वर्ष एक सय शैयाको अस्पताल नभएको भन्दै नर्सिङ पढाई बन्द गर्न बाध्य भएको थियो । अब यो कक्षा चालू शैक्षिक सत्रदेखि सुरु गर्ने नगरपालिकाले जनाएको छ ।
हाल नै दैनिक झण्डै सात सयले सेवा पाइरहेको यो अस्पतालले एक सय शैयाको क्षमताको बनाउने अनुमति पाएपछि थप संख्यामा विरामीले सेवा पाउने आशा गरिएका छ । सुरुमा १५ शैयाबाट सुरु भएको अस्पताल अहिले २५ शैयामा छ ।
यसअघि वैशाख ८ गते ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई भएको थियो ।