बिहिबार , बैसाख २४, २०८३

मन्त्रीले ओलीको आलोचना गर्दा संसदमा हंगामा

आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले 'ओलीले सत्ताबाट निस्कन परेको कुण्ठा र कमिसन खान नपाएपछि जथाभावी बोलेको' उल्लेख गरेपछि एमाले सांसदले विरोध जनाएका छन् ।

image

Photo by: फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार व्यक्त गरेको विचारप्रति सरकारले खण्डन गर्दा एमालेले आपत्ति जनाएको छ ।

आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘ओलीले सत्ताबाट निस्कन परेको कुण्ठा र कमिसन खान नपाएपछि जथाभावी बोलेको’ उल्लेख गरेपछि एमाले सांसदले विरोध जनाएका छन् ।

एमालेका सांसदहरु विशाल भट्टराई र खगराज अधिकारीले मन्त्रीकोे भनाइप्रति आपत्ति जनाउँदै छानबिन गर्न माग गरेका हुन् ।

उनीहरुले रेकर्डबाट मन्त्रीको भनाइ हटाउन माग गरेका छन् । एमाले मन्त्रीले आफ्नो भनाइ फिर्ता नलिएसम्म एमालेले सदन अवरोध गर्ने अधिकारीले जानकारी गराए ।

सम्बन्धित समाचार