ओलीले अमेरिकी उपमन्त्रीको भ्रमणका क्रममा तिब्बती शरणार्थीसँगको भेटको विषयमा पनि सरकारले प्रष्ट जवाफ दिनुपर्ने बताए ।
Photo by: फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका बारेमा सरकारसँग जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा जवाफ मागे ।
ओलीले अमेरिकी उपमन्त्रीले केही दिन अगाडि गरेको भ्रमणका विषयदेखि नेपालको एक चीन नीतिका बारेमा जवाफ माग गरे । उनले नेपाल ुएक चीन नीतिुमा छ कि छैन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाबाट जवाफ माग गरे ।
ओलीले अमेरिकी उपमन्त्रीको भ्रमणका क्रममा तिब्बती शरणार्थीसँगको भेटको विषयमा पनि सरकारले प्रष्ट जवाफ दिनुपर्ने बताए ।
ओलीले अहिलेको सरकारले सीमा विवादका बारेमा कुरा गर्न नसकेको दाबी गरे ।