धादिङ । नेपाली कांग्रेसबाट ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदको उम्मेदवार कृष्णलाल श्रेष्ठ घरदैलो कार्यक्रम गरिरहेका छन् ।स्थानीय तह निर्वाचनमा साविकको ढोला गा.वि.समा श्रेष्ठप्रति स्थानीय मतदाताहरु बढी आशावादी देखिन्छन् ।
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै निर्वाचन प्रक्रियाद्वारा स्थानीय तहको विकास निर्माण स्थानीय जनप्रतिनिधिलाई नै सुम्पने लोकतान्त्रिक प्रक्रियाको सिद्धान्त परिकल्पना गर्ने राजनैतिक शक्ति नेपाली कांग्रेस मात्र भएको र आफ्नो गाउँलाई सभ्य, सुशिक्षित समृद्ध, बनाउनु नेपाली कांग्रेसको लक्ष्य भएको उनले दाबी गरेका छन् ।
कांग्रेस राजनीतिक पृष्ठभूमिबाट आएका श्रेष्ठ बितेको पाँच वर्षमा स्थानीय सरकारको अकर्मण्यता देखेर नै आफू मेयरको चुनाव लड्न आइपुगेको बताउँछन् । ‘समृद्धि, सभ्यता, शुसासन र पूर्वाधार,नमुना ढोलाको बलियो आधार’ भन्ने प्रतिबद्धतासहि चुनावी मैदानमा होमिएका श्रेष्ठले आफ्नो प्रतिबद्द्धताहरू सार्वजनिक गरेका छन् । प्रस्तुत छ, उनको ५ वर्षीय प्रतिबद्द्धता पत्र;
अबको ५ वर्ष पछि ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोला
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
राजनीतिक परिवर्तनको लामो यात्रा पार भएपछि देश दोस्रो पटक अहिले स्थानीय तहको निर्वाचनमा लागिपरेको छ । प्रथम निर्वाचनमा यस वडा लगायत गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई निर्वाचित गराउन यहाँहरूले निकै ठूलो भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछाँै । हाम्रो पार्टी निर्वाचित भएपछि हामीले गत चुनावमा गरेका घोषणाहरू कति पुरा गरेका छौँ भने कतिपय पुरा हुने चरणमा छन् । केही बाँकी रहेका काम पुरा गर्न र विकासको कयौँ ढोकाहरू खोल्न हामी फेरि यहाँहरू सामु आएका छौँ । आजसम्म जनताले व्यहोर्दै आएका सुख दुःखमा नेपाली कांग्रेसले साथ दिँदै आएको कुरा इतिहासका पानाहरूमा घाम जत्तिकै छर्लङ्ग छ । प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक राज्य व्यवस्थाका लागि आम नागरिकहरूको दिलको स्पन्दन बनेर २००७, २०४६ र २०६२/०६३ को क्रान्तिकारी महायज्ञमा ढोला बासीले चारतारे ध्वजामुनि गोलबद्ध हुँदै देखाएको ऐक्यवद्धताप्रति नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका वडा नं ४ उच्च सम्मान व्यक्त गर्दछ ।
जनताको स्वतन्त्रता, विकास तथा परिवर्तनको अभिलाषालाई आत्मसात गर्दै हामीले पञ्चायतकालदेखि नै स्थानीय तहलाई उपयोग गर्दै जाने रणनीति अख्तियार गरेका थियौँ । क्रान्ति, सङ्घर्ष र चुनावी मोर्चा सबै क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने तरुण, विद्यार्थी, नागरिक समाज, किसान, मजदुर, मानव अधिकारकर्मी, महिला, शिक्षक, कर्मचारी, प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक, इन्जिनियर, सञ्चारकर्मी, साहित्यकार, कलाकार, उद्यमी, व्यवसायी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा संसारभर छरिएर रहेका सबै नेपालीमा निर्वाचनमा पुनः नेपाली कांग्रेसको अभियानमा साथ दिन हार्दिक आग्रह गर्दछौँ ।
नेपाली कांग्रेसलाई मत किन ?
विगतलाई केलाउँदा नेपाली कांग्रेसले मात्रै देशको अभिभावकत्व ग्रहण गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै निर्वाचन प्रक्रियाद्वारा स्थानीय तहको विकास निर्माण स्थानीय जनप्रतिनिधिलाई नै सुम्पने लोकतान्त्रिक प्रक्रियाको सिद्धान्त परिकल्पना गर्ने राजनैतिक शक्ति नेपाली कांग्रेस मात्र भएको दृष्टान्त परिघटनाहरूले पुष्टि गरिसकेको छ । यतिबेला कांग्रेस जनताको अगाडि मत माग्न मात्र होइन, स्थानीय तहलाई सक्षम बनाउन खास कार्यक्रम बोकेर तपाईँ सामु आएको छ । आफ्नो गाउँलाई सभ्य, सुशिक्षित समृद्ध, बनाउनु नेपाली कांग्रेसको लक्ष्य भएकाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत दिएर ज्वालामुखी गाउँपालिका वडा नं ४ को विकासको सपनालाई साकार बनाउन हार्दिक आग्रह गरिन्छ ।
समृद्धिका मूल आधारहरू
कृषि र पर्यटन
आयआर्जन र आर्थिक विकासका पूर्वाधारहरू खोजी गरिने छ ।
एक घर एक स्वरोजगार नीति लिइने छ ।
निःशुल्क उन्नत बीउबिजन वितरणको व्यवस्था गरिने छ ।
माटो परिक्षणको आधारमा कृषि पकेट क्षेत्रको घोषण गरी कृषिलाई अगाडि बढाइने छ ।
कफि खेती, तरकारी खेती, फलफुल खेती र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने नीति लिईने छ ।
कृषि उत्पादन क्षेत्रको आधारमा कृषि सडक निर्माणमा जोड दिइनेछ ।
साना र लिफ्ट सिंचाई कुलोको व्यवस्था गरी उत्पादनमा जोड दिइनेछ ।
थोपा सिँचाइमा अनुदान व्यवस्था मिलाइ वर्षे पानी संकलन गर्न पहल गरिनेछ ।
दुग्ध संकलन केन्द्र स्थापना गरी ढुवानीमा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिइने छ ।
रानाचौतारा, लेखडाडा, बराहकालिका हुँदै कालिकास्थान लिङ्गे ढुङ्गासम्म पर्यटकिय पदमार्गको स्थापना गरी पर्यटक भित्र्याउने नीति अवलम्वन गरिने छ ।
लेखडाडामा प्याराग्लाईडिङको सम्भावना अध्ययन गरी प्याराग्लाईडिङ क्षेत्रको रूपमा विकास गरिनुको साथै ढुङ्गीनी डाडालाई
पिकनिक स्पोटको रूपमा विकास गरिने छ ।
लिङ्गे ढुङ्गा, गढी डाडा क्षेत्रलाई व्यवस्थित गरी पर्यटककीय क्षेत्र बनाइने छ ।
मण्डलीमाई क्षेत्रलाई व्यवस्थित गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र स्मारक निमार्ण गरी एकिकृत भोज स्थलको लागि पहल गरिने छ ।
मण्डलीमाई, ढोला कालिका, गणेशस्थान, देविस्थान, बराहकालिका, कालिकास्थान, गुम्बा, चर्च, विहार लगायतका धार्मिक स्थलको संरक्षण एवं संवद्र्धन गरिने छ ।
होम स्टेको लागि आवश्यक पुर्वाधार निमार्ण गरी पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।
फलफुल तथा तरकारी व्यवसायीक रूपमा उत्पादन गर्न प्रोत्साहन गरी बजार व्यवस्थापन गरिने छ ।
सडक तथा पूर्वाधार
साँधभञ्ज्याङ मैदी सडक खण्ड ५ वर्षभित्र कालोपत्रे गर्न पहल गरिने छ साथै दोवनटार मिलनचोक सडक खण्डलाई स्तरोन्नती गरी बाह्रै महिना चल्ने बनाइने छ ।
डुँडे भञ्ज्याङ, अँगेरी बिसौना, बराहकालिका, टारी, पिप्लेटार, चिलाउनेपानी, तिनखण्डे, भुवालेपानी, मिलनचोक मुरलीभञ्ज्याङ सडकलाई उच्च स्तरिय ग्रावेल गर्ने प्रक्रिया अगाडि बढाइने छ ।
अन्य शाखा सडकहरूको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चानन हुने बनाइने छ ।
सहकारी क्षेत्र
कम्तीमा एक घर एक सहकारी सदस्य अनिवार्य गरिने छ ।
सहकारीमार्फत सहुलियतमा ऋणको व्यवस्था गरिने छ ।
सहकारीलाई व्यवस्थापन गरी आयआर्जनमा लगाइने छ ।
निजी र सरकारी क्षेत्रसम्बन्धी व्यवस्था
बजार क्षेत्रलाई व्यवस्थित गरी एकीकृत बस्ति निमार्णमा जोड दिइने छ ।
स्थानिय घरेलु तथा साना उद्योग स्थापनामा जोड दिई व्यवसाय सुरक्षाको प्रत्याभूति गरिने छ ।
सरकारी, गैरसरकारी क्षेत्रबाट प्राप्त हुने सहयोगलाई व्यवस्थित गरी आवश्यक ठाउँमा व्यवस्थापन गरिने छ ।
कृषि, सूचना प्रविधि, पर्यटन, आदि क्षेत्रमा लगानीलाई प्रोत्साहन दिइने छ ।
वन, भूसंरक्षण
भौगोलिक क्षेत्रफलको आधारमा वनलाई छुट्याई हावा पानीअनुसारको जडिबुटी, फलफुल लगायत वन पैदावारमा आधारित उत्पादनमा जोड दिइने छ ।
सरकारी जग्गाहरूको संरक्षण र स्वामित्व ग्रहण गर्ने वातावरण निर्माण गरिने छ ।
बाघखोला वन क्षेत्र र मण्डलीपाखा वन क्षेत्रलाई वन्यजन्तु र चरा संरक्षित क्षेत्रको रूपमा विकास गरी चराको अध्ययन क्षेत्र बनाउन पहल गरिने छ ।
पहिरो ग्रस्त क्षेत्र पहिचाहन गरी आवश्यक तटबन्ध गरिने छ ।
विद्युत, विज्ञान प्रविधि र अनुसन्धान
महत्वपूर्ण सार्वजनिक स्थलहरूमा (सडक, पार्क, बजार, खेलमैदान, विद्यालयमा) मा सोलार वत्ति जडान गरी २४ घण्टै उज्यालोको व्यवस्था गरिने छ ।
संवेदनशील क्षेत्रहरूमा सीसी क्यामेरा जडान गरिने छ ।
विद्युत् आपुर्तीलाई नियमीत गराउन आवश्यकताअनुसार स्तरीकरण गरिने छ ।
लिफ्ट खानेपानी योजनामा ५० प्रतिशत विद्युत महसुल वडाको तर्फबाट व्यहोर्ने नीति लिइने छ ।
केवल, इन्टरनेटलाई बस्तिबस्तिसम्म पु¥याउन आवश्यक पहल गरिने छ ।
टारी र भुवाले पानीमा रहेको फलाम खानीको अध्ययन अनुसन्धान गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
रोजगार सृजना
बेरोजगारी अन्त्यका लागि आयआर्जनका नयाँ क्षेत्रको खोज अनुसन्धान र पहिचान गरी त्यसको प्रवद्र्धन गरिने छ ।
७० प्रतिशतभन्दा बढी कृषि रोजगारीलाई आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषि क्षेत्रको निर्भरता कम गरिँदै लगिने छ ।
बालबालिकाको लागि बाल उद्यान, ज्येष्ठ नागरिकको सुरक्षा र सुविधामा यथोचित ध्यान दिइने छ ।
व्यवस्थित व्यायम केन्द्रको व्यवस्था गरिने छ ।
घरेलु उद्यम प्रशिक्षण केन्द्रहरूको स्थापना गरी रोजगारमूलक कार्यहरू विस्तार गरिने छ ।
एम्बुलेन्स सेवा थप व्यवस्थित र शववाहनको व्यवस्था गरिने छ ।
आवश्यक स्थानमा सार्वजनिक शौचालय, खानेपानीे र महिलामैत्री स्नान घरको व्यवस्था गरिने छ ।
आवश्यक स्थानमा सामुदायीक भवनको निमार्ण गरिने छ ।
विपत उद्धार समितिको निमार्ण गरी सक्रिय बनाइने छ ।
बिजुली बत्तीका लागि प्रयोग भइरहेको काठको पोल हटाइ आवश्यक पोलको व्यवस्था गरिने छ ।
नागरिक अभिलेखिकरण गर्ने ।
यस ज्वालामुखि गा.पा वडा नं. ४ को २ वटा मुख्य भौगोलिक क्षेत्र ढोला र पूर्सुमा जनसंख्या र क्षेत्रफल करिव बराबर भएकाले वडा कार्यालयबाट विनियोजित हुने सबै शीर्षकका बजेट बराबरी विनियोजन गरीने छ ।
वडामा भएका विभिन्न सहकारी संस्थाहरूसँग सहकार्य गरी पशु विमाको व्यवस्था गरिने छ ।
जेष्ठ नागरिकलाई राज्यले उपलब्ध गराइने सेवा र सुविधालाई सहज र सुलभ गराइने छ ।
कृषि बाली बिमाको व्यवस्था गरिने छ ।
आमा समुहलाई सक्रिय बनाएर हातेमालो कार्यक्रमहरू गरिने छ ।
शिक्षा तथा जनशक्ति उत्पादन
बराहकालिका र कालिका माविबाट एसईई र १२ उतिर्ण मध्ये जेहेन्दार विद्यार्थीलाई वडाध्यक्षले पाउने तलवबाट ५० प्रतिशत हुन आउने रकम छात्र⁄छात्रावृद्धी प्रदान गरिने छ ।
कालिका माविलाई कृषि तथा पशुपालन प्राविधिक विद्यालय र बराहकालिका माविलाई स्वास्थ्य, इन्जिनियरीङ लगायतको प्राविधिक विद्यालयको रूपमा विकसीत गराइने छ ।
विद्यालय छोड्ने दर शुन्यमा झारीने छ ।
कृषि, वन, इञ्जिनियरिङ, चिकित्सा विज्ञान अध्ययन गर्नेहरूलाई छात्र⁄छात्रा वृत्ति प्रदान गरिने छ ।
विद्यालय स्तरमा शान्ति, मानवअधिकार, अहिंसा, संस्कृति जस्ता थप कक्षाहरू सञ्चालन गरिने छ ।
स्नातक उत्तीर्ण शैक्षिक बेरोजगारलाई स्वरोजगारको लागि सहुलियत ऋण र स्वरोजगार प्रशिक्षणको व्यवस्था गरिने छ ।
पायक पर्ने ठाउँमा सामुदायिक पुस्तकालय स्थापना गरिने छ ।
स्वास्थ्य सेवा
स्वास्थ्य चौकीलाई थप सेवा सुविधा सहित २४ सै घण्टा सञ्चाल गरिने छ ।
प्रसुति गराउने प्रक्रियालाई थप आधुनिक बनाई सुत्केरी भत्ता थप गरिने छ ।
निःशुल्क औषधी वितरण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोडी सेवा सुविधा उपलब्ध गराइने छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गरी विगतमा दिइएको सुविधाहरूलाई समयानुकुल परिमार्जन र क्षमता विकासका कार्यहरू अगाडि बढाइनेछ ।
स्वास्थ्य सेवाको पहुँच बढाउनका लागि खोप क्लिनिक, गाउँघर क्लिनिक तथा सामुदायिक स्वास्थ्य एकाई र बिन्दुहरूको विकासका आवश्यक कार्यहरू गरिनेछ ।
गाउँलाई पूर्ण खोप सुनिश्चितता, धुँवारहित क्षेत्र तथा पूर्ण सरसफाई युक्त नमुना गाउँको रूपमा निर्माण गरिने छ ।
‘मेरो गाउँ स्वच्छ, म स्वस्थ, म स्वस्थ मेरो देश स्वस्थ’ भन्ने नारालाई आत्मसात गरी सामुदायिक स्वास्थ्य सचेतनाका आवश्यक कार्य गरिने छ ।
दीर्घ रोगीहरूको उपचारमा सहुलियत प्रदान गर्न कोष स्थापना गरिने छ ।
जेष्ठ नागरिक लक्षित स्वास्थ्य घुम्तीसेवा सञ्चालन गरिनेछ ।
खानेपानी र सरसफाइ
२ वर्षभित्र सबै घरमा एक घर एक धारा सहितको सफा पिउनेपानीको व्यवस्था गरिने छ ।
सडक वरपरको सरसफाईमा विशेष ध्यान दिई पर्यटकलाई आकर्षित गराइने छ ।
कला, साहित्य, खेलकुद र संस्कृति
गैरी पूर्सुक, नयाँबजार , खानीगाउँ, टारी र दोवनटारमा व्यवस्थित खेल मैदान निमार्ण गरिने छ ।
कला साहित्य, संस्कृति खेलकुद प्रवद्र्धन एकाइ स्थापना गरिने छ ।
कला साहित्य प्रवर्धनात्मक बजेट नियमित विनियोजन गरि राष्ट्रियस्तरमा स्थापित स्थानिय साहित्यकर्मीलाई सम्मान गरिनुका साथै ज्वालामुखी वडा नं ४ को कला, संस्कृति र साहित्य प्रवद्र्धन गरीने छ ।
नियमित खेलकुद, प्रतिष्पर्धात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
प्राकृतिक स्रोत व्यवस्थापन संरक्षण र उपयोग
सबै खालका प्राकृतिक स्रोत संरक्षण गरिने छ ।
गाउँ क्षेत्रमा रहेका प्राकृतिक स्रोत माथि स्थानीय जनताको अधिकार प्रत्याभूति गरिने छ ।
प्राकृतिक स्रोतलाई विकासका अन्य सूचकहरूसँग जोडी त्यसको संरक्षण गर्न आवश्यक कार्यक्रम ल्याइने छ ।
दलित, जनजाति र महिला सशक्तिकरण :
जातिय भेदभाव र सामाजिक लाञ्छाना पूर्ण अन्त्य गरिने छ ।
दलित, महिला तथा जनजातिहरूको क्षमता विकास र सशक्तिकरणका आवश्यक कार्यहरू आवश्यकता हेरी तय गरिने छ ।
दलित, महिला तथा जनजातिहरूको अर्थपूर्ण र समान सहभागीताका लागि आवश्यक कार्यहरू गरिने छ ।
बालबालिका तथा अपांग :
बाल तथा अपाङ्गतामैत्री संरचनाहरू निर्माण गर्न जोड दिइनेछ ।
बाल श्रम शोषणको अन्त्य गरिने छ । बाल संरक्षण तथा संर्वद्धन समितिलाई सक्रिय बनाई कार्यक्रमहरू संचालन गरिने छ ।
अपाङ्गता भएकाहरूको हकहितको वकालत, पैरवी गरी सीपमुलक व्यवसाय सञ्चालनका लागि विउपूँजी वितरणको व्यवस्था गरिने छ ।
सामाजिक सद्भाव र मेलमिलापका लागि वडामा रहेको मेलमिलाप समितिको प्रर्वद्धन तथा दीगो विकासका कार्यहरू गरिने छ ।
ज्वालामुखी वडा नम्बर ४ मा प्राप्त हुने आन्तरिक स्रोत र बाह्य स्रोतलाई आधार मानेर प्रस्तुत एजेण्डाहरू पूरा गरिने छ ।
(चुनाव प्रचार प्रसार समिति नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका—४ ढोला, धादिङ