hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş kingroyal kingroyal giriş kingroyal güncel piabet piabet giriş piabet güncel giriş piabet mobil betlike betlike giriş betlike güncel giriş betlike mobil betticket betticket giriş betticket güncel giriş betticket mobil meritking meritking giriş meritking güncel meritking mobil betebet betebet giriş betebet güncel giriş betbet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal giriş kingroyal kingroyal güncel kingroyal mobil interbahis interbahis giriş interbahis güncel interbahis mobil kingroyal resmi interbahis interbahis giriş interbahis güncel vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş meybet meybet giriş meybet güncel meybet mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel interbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal kingroyal giriş kingroyal güncel vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş piabet piabet giriş piabet güncel giriş piabet mobil meybet meybet giriş meybet güncel giriş meybet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş galabet galabet giriş galabet güncel giriş galabet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş tlcasino tlcasino giriş tcasino mobil tlcasino güncel kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil meritking meritking giriş meritking güncel giriş meritking mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis güncel interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil

बिहिबार , फागुण २८, २०८२

नेपालमा सबैभन्दा पहिला शासन गर्ने ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँ, -कुन्छाल

दौरा-सुरुवाल र इस्टकोटमा ठाँटिएर पिँडीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरू, हाकुपटासीमा सजिएका आमाहरू, झ्यालबाट गर्दन तन्काउँदै बाटाे नियालिरहेका वृद्ध-वृद्धाहरू नयाँ मान्छे देख्ने बित्तिकै सोध्छन्, "बाबु नानीहरू कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ?"

image

एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रङ्ग र आकार-प्रकारका टाइलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरू । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरू, बुट्टे झ्यालसँगैका साना-साना बार्दलीहरू घरलाई झनै सुन्दर देखाउन गहना बनेका छन् । झट्ट हेर्दा लाग्छ, निकै पुरानो बस्ती हो ।

जति नजिक पुगियो, त्यति नै अग्ला देखिन्छन् घरहरू । गाउँभित्र पसेर हेर्दा गगनचुम्बी महल जस्तै देखिन्छन् । घरको आँगन छेउछाउमा बाँधिएका गाई-भैँसी र गोबरको गन्ध अनि सँगै खेलिरहेका, हुल बाँधेर यताउता ओहोरदोहोर गरिरहेका हाँसका बथानहरूले गाउँको सुगन्ध दिन्छ । दौरा-सुरुवाल र इस्टकोटमा ठाँटिएर पिँडीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरू, हाकुपटासीमा सजिएका आमाहरू, झ्यालबाट गर्दन तन्काउँदै बाटाे नियालिरहेका वृद्ध-वृद्धाहरू नयाँ मान्छे देख्ने बित्तिकै सोध्छन्, “बाबु नानीहरू कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ?”

गाउँ र गाउँभित्रका दृश्यहरूले अर्कै लोकमा पुगेको अनुभूति गराउँछ । त्यसमाथि गाउँका बासिन्दाहरूले प्रेम र सद्भावले भरिएका यस्ता प्रश्नहरू गर्छन्, जसले साँच्चै भावविभोर बनाउँछ । गाउँमा पुग्दा लाग्छ, प्राचीन कालमा छौँ, प्राचीन गाउँमा छौँ । गाउँमा रहेका प्राचीनता झल्कने घर, मठ-मन्दिर, पाटी-पौवा, धारा, गाउँलेहरूको जीवनशैली, उनीहरूले प्रयोग गर्ने परम्परागत प्रविधि, विश्वास, मूल्य मान्यता, सामाजिक संरचना, सामूहिकता, सद्भाव र सह-अस्तित्वको भावना, जसले प्राचीनताको झल्को दिन्छ । जहाँ मानवता जीवित छ, सांस्कृतिक मुल्यमान्यताले भरिपूर्ण, परम्परागत प्रविधिले सम्पन्न जीवनशैली, कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र । गाउँको नाम हो, कुन्छाल ।

अब, यो गाउँलाई चिन्न नेपालको प्राचीन इतिहासलाई कोट्ट्याउनुपर्ने हुन्छ । नेपालमा शासन गर्ने वंशहरूबारे लेखिएको इतिहासका पानाहरू पल्टाउनुपर्ने हुन्छ । सबैभन्दा पहिलो पानामा आउँछ, गोपाल वंश र यसको इतिहास ।

वंशावली एवम् विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख भए अनुसार ‘निप’ जातिका व्यक्तिहरू नेपालको दक्षिण तर्फको भू-भाग बाट आएर यहाँ (काठमाडाैं उपत्यका) बसोबास गर्न थाले । त्यस समयमा यहाँ बसोबास गरिरहेका ‘नाग’ जातिका मानिसहरूलाई युद्धमार्फत पराजित गरी उपत्यकामा आधिपत्य जमाए ।

‘ने’ नाम गरेका ऋषिले निप जातिका ‘भुक्तमान’ लाई नेपालको पहिलो राजा घोषित गरिदिए र भुक्तमानले मातातिर्थ भन्ने ठाउँलाई केन्द्र बनाई शासन व्यवस्था सुरु गरे । यसरी गोपाल वंशको सुरुवात भएको थियो । नेपालको पहिलो राजा ‘भुक्तमान’ लाई ‘भुमिगुप्त’ भनेर पनि चिनिन्छ । बौद्ध धर्मावलम्बीहरूका अनुसार ‘भुक्तमान’ लाई ‘धर्माकर’ भनिन्छ ।

यिनीहरूको मुख्य पेसा गाई पालन थियो । गाई पालन मुख्य पेसा भएकोले यिनीहरूलाई ‘गोपाल’ भनिन्थ्यो । यसै कारणले गर्दा गोपाल वंश भनियो । गाईले हालको पशुपति क्षेत्रमा आफैँ दूध चढाएको देखेर गोपालहरूले खोजी गर्दा ‘पशुपतिको ज्योतिर्लिङ्ग’ फेला परेको थियो भनिन्छ ।

गोपाल वंशका ८ जना राजाहरूले ५२१ वर्षसम्म शासन गरेका थिए । गोपाल वंशको पहिलो राजा ‘भुक्तमान’ हुन् भने अन्तिम राजा ‘यक्षगुप्त’ हुन् । यद्यपि, गोपाल वंश  नेपालको पहिलो शासक वंश भएकोमा मतैक्यता देखिए पनि शासनकाल र अवधिको विषयमा भने मत विभाजित छ । खैर, यता बहस गर्नु यो लेखको उद्देश्य होइन ।

अब, प्रश्न उठ्छ, नेपालमा सबैभन्दा पहिला शासन गरेका गोपालहरू कहाँ गए ? तिनका सन्तति कहाँ छन् ? हो, यी प्रश्नको जवाफ हो, कुन्छाल गाउँ । यस गाउँमा तिनै गोपालका सन्ततिहरूको बसोबास छ ।  गोपालहरूले बसालेको गाउँ हो, कुन्छाल । त्यसैले कुन्छाललाई ‘गोपाली गाउँ’  पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ ।

याे गाउँ ऐतिहासिक महत्त्वले भरिएको  जिल्ला मकवानपुरको थाहा नगरपालिका-१ स्थित  टिस्टुङ-पालुङ उपत्यकाको उत्तर-पश्चिमी कुनामा समुन्द्री सतहबाट करिब एक हजार सात सय मिटरको उचाइमा चुपचाप बसेकाे छ । महाभारत पर्वत श्रृङ्खलाकै एक पहाडकाे काखमा विराजमान कुन्छाल गाउँकाे हावापानी न्यानो समशीतोष्ण खालकाे छ । ग्रीष्म याममा धेरै गर्मी नहुने र शिशिर याममा धेरै ठन्डा नहुने भएकाेले यस प्रकारकाे हावापानीलाइ सबैभन्दा उत्तम हावापानी समेत भन्ने गरेकाे पाइन्छ । कुन्छाल गाउँकाे यस प्रकारकाे हावापानीले गाउँमा पुग्ने पाहुनालाइ बाह्रै महिना स्वागत गर्दछ ।

गाउँकाे नाम ‘कुन्छाल’ ? 

कुन्छाल गाउँको नामकरण सम्बन्धमा मत विभाजित छ । अलि कुनामा पहाडको फेदमा कसैले नदेख्ने र हावा नलाग्ने ठाउँ भएकोले ‘कुन्चा’ भन्ने गरेको र पछि अपभ्रंश हुँदै ‘कुन्छाल’ भएको कतिपय स्थानीय दाबी गर्छन् । अर्को भनाइअनुसार धेरै वर्ष पहिले बाहिरका मानिसले स्थानीयलाई “कुन सालदेखि यहाँ आएर बसेको ?” भनी सोध्दा यकिन मिति थाहा नभएपछि स्थानीयले “खै! कुनसाल-कुनसाल” भनेर जवाफ दिएको र त्यसैको अपभ्रंश भएर कुन्छाल भएको बताइन्छ । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिका अध्यक्ष एवम् एक जना स्थानीय अगुवा सानुकाजी गोपाली पनि कुन्छाल गाउँको नामकरण सम्बन्धमा उल्लेखित दुई मत रहेकोमा सहमत छन् । तर, ती दुईमध्ये कुन चाहिँ सत्य हो भन्ने विषयमा भने उनी पनि अनभिज्ञता प्रकट गर्छन् ।

त्यसाे त गाउँकाे न्वारन सम्बन्धमा मात्रै हाेइन, कुन्छाल गाउँमा अन्य धेरै प्रकारका सामाजिक, धार्मिक, सांस्कृतिक एवम् एतिहासिक मुल्यमान्यताहरू छन्, जुन हाम्रा निम्ति निकै विस्मयकारी छन् ।

जहाँ कुखुरा पाल्न मनाही छ

कुन्छाल गाउँमा कुखुरा पाल्न र मासु खान मनाही छ । गाउँमा कुखुरा पाल्दा भाले बास्ने र भाले बासेमा अनिष्ट हुने उनीहरू विश्वास गर्दछन् । यसको  पछाडि एउटा किंवदन्ती रहेछ । किंवदन्ती अनुसार, “उहिले बाटोमा हिँड्ने बटुवाले कुखुरा भाले पनि सँगै ल्याएर गाउँमा बास बसेको र राति भाले बासेपछि गाउँमाथि रहेको ऋषेश्वर महादेव रिसाएर बसाइ सरेर नजिकैकाे पालुङ उपत्यका माथिकाे डाँडामा गएर बसेछन् । भाले बासेकाे कारणले ऋषेश्वर महादेव बसाइसरेर गएपछि गाउँमा दुःख बिमार अनिष्ट भएकोले कुखुरा पाल्न मनाही गरेको” बताइन्छ । उनीहरू  हाँस पाल्छन् । कुखुराको ठाउँमा हाँसको मासु खान्छन् । गाउँका गोरेटा, घर  आँगनहरूमा हाँसका हुलहरू भेटिन्छन् । कुन्छाल गाउँमा पुग्दा हाँसको मासुको स्वाद चाख्न पाउनु बाध्यात्मक अवसर हो ।

कुन्छाल गाउँमा ‘राजतन्त्र’ छ 

नेपालमा राजतन्त्र समाप्त भएको डेढ दशक भयो । तर, कुन्छाल गाउँमा राजतन्त्र छ । जन्मँदै गाउँकाे राजा बन्ने परम्परा कुन्छालमा छ । उनीहरू तिनलाई राजा भने भन्दैनन् । नाइके भन्छन् । तिनलाई सबैले मान्छन् । “जिउँदोमा जन्ती जान होस् या मर्दा मलामी, नाइकेकै  निर्देशन अनुसार जानुपर्दछ ।” एक जना स्थानीय वीजेन्द्र गोपालीले भने, “नाइकेले सामाजिक व्यवस्था र संस्कृतिको संरक्षण र संवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।” कुन्छालमा गुठी परम्परा पनि रहेको छ । जसको नेतृत्व नाइकेले गर्दै  आएका छन् । यस गाउँमा १२ महिनामा १३ वटा चाड मनाउने गरेको स्थानीय कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिका अध्यक्ष सानुकाजी गोपालीले बताए । उनका अनुसार गाउँमा वर्षमा दुई पटक गुठी बस्ने गरेको छ । त्यसैगरी वर्षमा एक पटक हिले नाच पनि आयोजना गर्दै आएका छन् । चाडपर्व, मेला, उत्सव, पूजाआजा लगायत सामाजिक कार्यहरूको नेतृत्व र योजना तथा व्यवस्थापन पनि नाइकेले गर्दै आएका छन् । गाउँमा प्रत्येक १२ वर्षमा नाच देखाउँछ । त्यो नाच तयार  पार्न १० जना कजीहरू तोक्ने गरेका छन् । यस वर्षको फागुनमा उक्त नाच हुँदै छ । अहिले तालिम भइरहेको छ ।

नाइकेले कुन्छाल गाउँकाे सामाजिक व्यवस्थालाइ बलियाे बनाएकाे पाइन्छ । समाजकाे अभिभावकीय भूमिका नाइकेले निभाएका छन् । नाइके प्रथा समाजलाइ सु-व्यवस्थित ढंगले सञ्चालन गर्न सहयाेगीसिद्ध भएकाे देखिन्छ । साे प्रथाकै कारण समाज एक ढिक्क रहेकाे र धार्मिक, सांस्कृतिक एवम सामाजिक मुल्यमान्यताहरू पनि जीवित भएकाे स्थानीय बताउँछन् ।

आत्मनिर्भर अर्थतन्त्र 

कुन्छाल गाउँको अर्को महत्त्वपूर्ण विशेषता भनेको कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र हो । यस गाउँका बासिन्दाको मुख्य पेसा र  आम्दानीको स्रोत कृषि हो । कृषिजन्य उत्पादनको सदुपयोग गर्न गाउँलेहरू सिपालु छन् । “स्रोत र साधनलाई खेर फाल्नुहुँदैन” भन्ने उनीहरूको मान्यता छ । जस्तै धान झारेपछि परालको सुकुल गुन्द्री बुनेर प्रयोग गर्छन् । मकैको खोस्टाको चप्पल जुत्ता, चकटी बुनेर प्रयोग गर्छन् । प्लास्टिकका बोराहरू धागो निकालेर नाम्लो, खकन, डोरी बनाउँछन् । बढी भएको बेच्छन् ।

बाँस निगालोको चोयाबाट बन्ने सामाग्रीहरू अत्यधिक प्रयोग गर्दछन् । मन्जन ब्रस राख्ने टोकरीदेखि छ्याङ छान्ने चाल्नीसम्म चोयाकै बनाउँछन् । ढकिया, सोली, डोको, मोला, भकारी, पेरुङ्गो, मान्द्रो लगायत थुप्रै सामाग्रीहरू उत्पादन गर्छन्, प्रयोग गर्छन् अनि बढी भएको बेच्छन् ।

यस गाउँमा धान, मकै, काेदाे, गहुँ, फापर, ताेरी विभिन्न प्रकारका दाल, बाेडी, गेडागुडी, आलु, काउली, बन्दगाेबी, मुला, गाँजर लगायत अन्नबाली उत्पादन गर्दै आएकाे छ । त्यसैगरी गाइभैँसी, बाख्रा, हाँसकाे पालन पनि गर्दै आएका छन् ।

स्थानीय अगुवाहरूका अनुसार कुन्छालका कमै युवाहरू मात्रै रोजगारीका लागि बिदेसिएका छन् ।  केही युवाहरू अध्ययनका लागि बिदेसिए पनि अध्ययनपश्चात् गाउँमै फर्कने गरेका छन् । कृषि र कृषिजन्य उत्पादनबाट नै राम्रो  आम्दानी हुने भएकाले युवाहरू बिदेसिन बाध्य नभएको उनीहरूको भनाइ छ । गाउँमै  आत्मनिर्भर बन्न सकेकाेमा उनीहरू गर्भ गर्छन् ।

पर्यटकको रोजाइमा पर्दै कुन्छाल 

कुन्छाल गाउँ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । सन् २०१८ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपाल र नेपाल पर्यटन बोर्डले कुन्छाल गाउँलाई घुम्नैपर्ने ग्रामीण गन्तव्यको रूपमा घोषणा गरेका  थिए । त्यसपश्चात् लवग्रीन नेपाल नामक गैरसरकारी संस्था,  स्थानीय सरकार र समुदायको पहलमा होमस्टे(घरबास) कार्यक्रम सञ्चालन भयो । तर, भिटाेफ नेपाल र पर्यटन बोर्डले ‘घुम्नुपर्ने गाउँ’ को रूपमा घोषणा मात्रै गरेर छोडिदिएको स्थानीयको गुनासो छ । होमस्टे सञ्चालन, व्यवस्थापन, पर्यटन प्रवर्द्धनमा लवग्रीन नेपालले सहयोग गर्दै आएको छ । संस्थाले अघिल्लाे वर्ष जापानका विद्यार्थीहरूलाई ल्याएर कुन्छाल गाउँ होमस्टेको अवलोकन समेत गराएको छ । जसले कुन्छाल गाउँलाइ जापानमा चिनाउन भूमिका खेलेकाे र जापानीहरू आउने गरेकाे स्थानीयले बताए ।

गाउँका  अगुवाहरूका अनुसार कुन्छालका कमै युवाहरू मात्रै रोजगारीका लागि बिदेसिएका छन् ।  केही युवाहरू अध्ययनका लागि बिदेसिए पनि अध्ययनपश्चात् गाउँमै फर्कने गरेका छन् । कृषि र कृषिजन्य उत्पादनबाट नै राम्रो  आम्दानी हुने भएकाले युवाहरू बिदेसिन बाध्य नभएको उनीहरूको भनाइ छ । गाउँमै  आत्मनिर्भर बन्न सकेकाेमा उनीहरू गर्भ गर्छन् ।  होमस्टे व्यवस्थापन र पर्यटन प्रवर्द्धनका लागि  कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाइ समितिले  काम गर्दै  आएको छ । अहिले १० वटा घरमा होमस्टे सुरु गरिएको छ । होमस्टे सञ्चालनमा ल्याएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गाउँमा पर्यटकको आगमन बढ्न थालेपछि मुलुकका विभिन्न ठाउँमा सहरमा पेसा व्यवसायी गरी बसोबास गर्दै आएका युवाहरू पनि गाउँ फर्कन थालेका छन् ।

गोपाली संस्कृति, जीवनशैलीको अवलोकन, परम्परागत स्थानीय गोपाली खानाको स्वाद लिन पर्यटकहरू पुग्ने गरेका छन् । नेपालको इतिहास र समाजको अध्ययन गर्नेहरू पनि गोपाली गाउँ पुग्ने गरेका छन् । नेपालको पहिलो राजवंशावली गाेपालहरूकाे गाउँ भएकाले कुन्छालमा पुग्ने अधिकांश पर्यटकहरूले इतिहासकै बारेमा चासो र प्रश्न गर्ने गरेको स्थानीयकाे भनाइ छ ।

कुन्छाल ऐतिहासिक पर्यटनको थलो बन्न सक्छ । नेपालको इतिहासको उत्खनन गर्न चाहनेहरूले एक पटक पुग्नै पर्ने गन्तव्य हो, कुन्छाल । तर, पर्यटकहरूको भिडले ‘गुलजार’ बन्नुभन्दा पहिला कुन्छाल र कुन्छालबासी (गोपाली समुदाय) बारे प्रशस्त अध्ययन र अनुसन्धान हुन जरुरी छ ।  उनीहरूबारे लेखिन जरुरी छ ।

कसरी पुग्ने ? 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ मा अवस्थित कुन्छाल गाउँ काठमाडाैं उपत्यकाबाट ३०  किलोमिटरको दुरीमा रहेको छ । काठमाडाैंकाे थानकोट चेकपोस्टबाट चन्द्रागिरि डाँडा, चित्लाङ हुँदै जम्मा ४५ मिनेटको यात्रा तय गर्दै कुन्छाल गाउँ पुग्न सकिन्छ । हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै ७० किलोमिटरको दुरी तय गरेर पनि कुन्छाल पुग्न सकिन्छ ।  त्यसैगरी धादिङको धुनिबेँसी नगरपालिकाको नौबिसे-खानीखाेलाबाट त्रिभुवन राजपथ हुँदै जान पनि सकिन्छ ।  साना ठुला सबै खालका सवारीसाधनमा कुन्छाल गाउँ पुग्न सकिन्छ ।

भिडियो

सम्बन्धित समाचार