शुक्रबार , जेठ ८, २०८३

बैतडीमा प्राध्यापकमाथि कुटपिट गर्ने गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

image

बैतडी । बैतडी  डिलाशैनी गाउँपालिकामा गठबन्धनका उम्मेदवार र उनका कार्यकर्ताले प्राध्यापकमाथि कुटपिट गरेका छन् । स्वतन्त्र उम्मेदवारका लागि चुनावी प्रचार गरेको भन्दै गठबन्धनबाट पालिका अध्यक्षका उम्मेदवार बनेका लोकेन्द्र रानाको समूहले रामदत्त जोशीमाथि कुटपिट गरेका हुन् । उनको दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।

कुटपिटमा संलग्न रानालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

माओवादी केन्द्रका नेता रानाको समूहले जोशीलाई खेतमै गएर कुटपिट गरेको स्रोतले जनाएको छ । डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

सम्बन्धित समाचार