बिहिबार , अषोज १, २०८३

चिरिबाबुले पदभारसँगै गरे तीन महत्वपूर्ण निर्णय

image

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन् ।

मेयर महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने तीन निर्णय गरेका हुन् ।

उनी श्रीमतीसहित पदभार ग्रहणका लागि महानगरपालिका कार्यालय पुगेका हुन् । उनले वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनु नपर्ने पनि बताए ।

उनले महानगरका २९ वटै वडाबाट फोहोर संकलन गर्ने पनि बताए ।

त्यस्तै, अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा पनि महर्जनले गरे ।

सम्बन्धित समाचार