सोमबार , कार्तिक १७, २०८३

ललितपुर महानगरमा चिरिबाबुको जित सुनिश्चित

जीतपछि महर्जनको ललितपुर महानगरपालिकामा दोस्रो कार्यकाल शुरु हुनेछ ।

image

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनको जित सुनिश्चित भएको छ ।

तीन हजार हाराहारी मत गन्न बाँकी रहँदा महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यान्जनकारभन्दा १६ हजार बढि मतले अगाडी छन् । गन्न बाँकी भन्दा बढी मतान्तर भएका कारण महर्जनको जित सुनिश्चित भएको हो ।

महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका महर्जनले ४० हजार ८ सय ३१ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यान्जनकारले २३ हजार ८ सय १० मत प्राप्त गरका छन् ।

जीतपछि महर्जनको ललितपुर महानगरपालिकामा दोस्रो कार्यकाल शुरु हुनेछ ।

सम्बन्धित समाचार